भैरवीमा निःशुल्क पशुपंक्षी स्वास्थ्य शिविर

भैरवीमा निःशुल्क पशुपंक्षी स्वास्थ्य शिविर

दैलेख: भैरवी गाउँपालिकामा निःशुल्क पशुपंक्षी स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशुपंक्षी विकास शाखाको आयोजनामा भैरवी गाउँपालिका–२ को वडा कार्यालयमा शिविर सम्पन्न भएको हो । गाउँपालिकाको पशुपंक्षी विकास शाखाबाट नियमित सञ्चालन गरिने पशुपंक्षी उपचार सेवा लिनबाट बञ्चीत भएका कृषकहरुलाई सेवा पु¥याउने, बिरामी पशुपंक्षीहरुको उपचार गर्ने, घरपालुवा पशुपंक्षीहरु लाइ नियमित प्रयोग गर्नु पर्ने आन्तरिक बाह्य परजिवी विरुद्धको औषधी वितरण गर्ने, भाले पशुहरुको बन्ध्याकरण गर्ने, कुकुरहरुलाई रेबिज विरुद्धको भ्याक्सिनेसन दिने लगाएतका उद्देश्यका साथ शिविर सञ्चालन गरिएको हो ।
भैरबी गाउँपालिका–२ का वडाध्यक्ष हरीबहादुर थापाले पहिलो सेवाग्राहीलाई औषधी वितरण गरेर शिविरको उद्घाटन गरेका थिए । शिविर उद्घाटनका अवसरमा भैरवी गाउँकार्यपालिका सदस्य सिता थापा, नेपाली कांग्रेस भैरबी कार्य समितिका सचिव झक्क बिष्ट र पशुपंक्षी विकास शाखा प्रमुख नायव पशु स्वास्थ्य प्राविधिक जगतबहादुर बिष्टले मन्तब्य राखेका थिए ।
शिविरमा भैरवी गाउँपालिका–१ र २ का एक ४९ घरधुरीका एक हजार तीन सय ५२ वटा पशुपंक्षी हरुको उपचार तथा आवश्यक औषत्री वितरण गरिएको छ । १२ वटा भाले पशुको बन्ध्याकरण गरिएको ८ वटा कुकुरहरुलाई रेबिज विरुद्धको भ्याक्सिन दिइएको बताइएको छ । शिविरमा सेवा लिन आएका सेवाग्राहीकृषकहरुले आफ्ना पशुपंक्षीहरुको उपचार तथा आवश्यक औषधीहरु यसरी आफ्नै घरदैलो नजिकबाट प्राप्त गर्न पाउँदा खुसि व्यक्त गरेका थिए । उनिहरुले प्रत्येक ६÷६ महिनाको फरकमा यस्तो शिविर सञ्चालन गर्नु पर्ने माग समेत राखेका छन् ।

प्रतिक्रिया