कर्मचारीलाई कोरोना देखिएपछि बाणिज्य बैंक दैलेख शाखा बन्द

कर्मचारीलाई कोरोना देखिएपछि बाणिज्य बैंक दैलेख शाखा बन्द

दैलेख : राष्ट्रिय वाणिज्य बैंक दैलेखमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ । बैंकमा कार्यरत अधिकाँश कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको बैंकले जनाएको छ ।

बैंकद्धारा जारी सूचना अनुसार राष्ट्रिय वाणिज्य बैंक दैलेख शाखामा कार्यरत अधिकाँश कर्मचारीहरुलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि एक हप्ता सेवा बन्द रहने उल्लेख छ । आज शुक्रवार १४ गतेदेखि एक हप्तासम्म शाखा कार्यालय बन्द रहने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया