मेगा बैंकले जित्यो एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड

मेगा बैंकले जित्यो एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं : मेगा बैंक नेपालले एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ।  बैंकले ‘बेष्ट सिएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड  २०२२’बाट सम्मानित भएकी हुन्।

सिंगापुरस्थित वर्ल्ड बिजनेश आउटलुकका अनुसार सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत नेपालको विभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत बैंकलाई ‘बेष्ट सिएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ प्रदान गरिएको हो।

स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक वर्ष एक करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रदेशिक कोषहरूमा उपलब्ध गराएको थियो। त्यस्तै, यस वर्ष संघीय, प्रदेशिक वा पालिकास्तरीय अस्पतालहरूको आकस्मिक कक्ष तथा बाल कक्षको सुधार उपचारार्थ खर्च गर्ने नीति लिएको छ।

शिक्षामा बालिकाहरूको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत ३९० जना छात्राहरूलाई वार्षिक रुपमा ४३ लाख रकम बराबरको छात्रवृति उपलब्ध गराएको छ।

यसैगरी, नेपालको ‘क’ वर्गको वाणिज्य बैंकको प्रथम महिला सिइओको इतिहास बनाएकी सिइओ अनुपमा खुञ्जेलीलाई मेगा बैंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड २०२२’ प्रदान गरिएको वर्ल्ड बिजनेश आउटलुकले जनाएको छ।

नेपालबाट यो अवार्ड जित्ने मेगा बैंक र सिइओ खुञ्जेली मात्रै हुन्। सिइओ खुञ्जेलीले यसै वर्ष ‘बेस्ट फिमेल अवार्ड २०२१’ पनि प्राप्त गरेकी थिइन्। उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो।

प्रतिक्रिया