सहकार्य परियोजना अन्र्तगत ६० जना कृषकलाई तालिम

सहकार्य परियोजना अन्र्तगत ६० जना कृषकलाई तालिम

सुर्खेत : दैलेखको ठाटीकाँध गाउँपालिकामा ६० जना कृषकलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल द्धारा संचालित सहकार्य परियोजना अन्र्तगत ६० जना कृषकलाई तालिम सम्पन्न भएको हो ।

जिविको पार्जन कार्यक्रम अन्तर्गत मौसमी तथा वेमौसमी तरकारी खेती सम्बन्धि कृषकहरुले तालिम लिएपछि कृषकहरु उत्साहित भएको छन् ।

तालिम संचालन पश्चात् मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न तालिम लिएका सबै कृषकलाई सिकेको कुरा प्रयोगमा ल्याइ व्यसायक बन्ने प्रतिबद्धता साथ तालिम सम्पन्न भएको कृषि प्राविधिक दुर्ज शाहीले बताए ।

ठाटिकाध गाउपालिका कृषि विकास शाखा प्रमुख विनोद कुमार विष्टले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया