लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति

          |   प्रकाशित मितिः बिहिबार, भदौ २३, २०७९     ::: 89 पटक पढिएको   |  

काठमाडौँ : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । बिहीबार प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।

१७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा सन्दीप विरुद्ध प्रहरी वृत गौशालामा जाहेरी दर्ता भएको छ । भदौ ५ मा राति ११ बजेर ५५ मिनेटमा सन्दीपले नाबालिगलाई एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’मा लगेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।

 



Leave a comment

Your email address will not be published.


*