जाजरकोटबाट शक्ति बहादुर बस्नेत ९ हजार मतान्तरले विजयी

जाजरकोटबाट शक्ति बहादुर बस्नेत ९ हजार मतान्तरले विजयी

जाजरकोट :  जाजरकोटबाट माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले ३४ हजार १ सय ५१ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धि नेकपा एमालेका निरज आचार्यले २५ हजार १ सय २० मत ल्याए ।

वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बस्नेत ९ हजार ३१ मतको फराकिलो अन्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । योसंगै बस्नेतले जाजरकोटबाट तेस्रो पटक बाजि मारेका छन् ।

उनले जाजरकोटमा तेस्रो पटक जित्ने पहिलो नेताको रेकर्ड समेत बनाएका छन् । बस्नेत ०७० मा पहिलो पटक निर्वाचित भएका थिए भने ०७४ मा वाम गठबन्धनबाट निर्वाचित भए । नेता बस्नेत गृह,स्वास्थ्य र वन तथा वातावरणमन्त्री समेत भइसकेका छन् ।

 

प्रतिक्रिया