सरस्वती पूजाको अवसरमा पालिका स्तरीय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न

सरस्वती पूजाको अवसरमा पालिका स्तरीय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न

सल्यान :  जिल्लाको कुमाख गाउँपालिकामा ऋषि पञ्चमि तथा सरस्वती पूजाको अवसर पारेर पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

कुमाख गाउँपालिका शिक्षा युबा तथा खेलकुद शाखाको आयोजनामा जनता माध्यमिक विद्यालय रागेचौरको प्राङ्गणमा ११ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । हाजिरी जवाफ प्रतियोगिमा प्रथम जनता मा बि रागेचौर, द्वितिय बुद्ध जनकल्याण माध्यमिक बडागाँउ र तृतीय जनकल्याण माध्यमिक विद्यालय बडागाँउ कोट भएको छ । सहभागी प्रथम, द्वितिय, तृतीय लाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र प्रमाण पत्र बितरण गरिएको शिक्षा शाखा प्रमुख दिपक चन्दले बताए ।

कार्यक्रमको सभाध्यक्षता गाउँपालिका उपाध्यक्ष लाल बहादुर रावत, बिशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कुमार चन्द अतिथिहरु योजना शाखा प्रमुख मान बहादुर बुढाथोकी रोजगार संयोजक जिबन शर्मा लगायत पालिकाका कर्मचारी र विद्यालयका शिक्षक बिद्यार्थी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख दिपक चन्दले गरेका थिए ।

 

प्रतिक्रिया