‘घरघर जाऔं, कांग्रेस जिताऔं’ : अभियानको अग्नि परीक्षा

‘घरघर जाऔं, कांग्रेस जिताऔं’ : अभियानको अग्नि परीक्षा

नेपाली कांग्रेसले आइतबारदेखि देशव्यापी चुनावी अभियान सुरु गरेको छ । काँग्रेसका केन्द्रीय नेताको उपस्थितमा ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियाान जिल्लामा सकिएर पालिका स्तरमा जाँदैछ । जनताले यी प्रश्नको उत्तर काँग्रेसबाट खोजेको देखिन्छ । नेकपा आज भन्दा तीन वर्ष अगाडी केपी÷ प्रचण्डले कस्तो विकासको मार्ग चित्र कोरेका थिए ? घोषणा पत्रमा के थियो होला ? अनि जनताले यति ठुलो एउटा भीमकाय पहाड जस्तो उभ्याएको नेकपाको केन्द्र संघीय सरकार, प्रदेश सरकार र बलियो स्थानिय सरकार बोकेको नेकपा कसरी जोडियो होला ? कसरी फुट्यो होला ? न्यायका मुर्ति मानिने प्रधानन्यायाधीश कसरी महाभियोगको गोलचक्रमा फसे होलान् ? अमेरीकी साम्राज्यवादीको विशाल दान थाप्न कसरी नेपालका बामपन्थीहरु मिल्दै गए होलान् ? माओवादीको जनयुद्दमा मानिस मारेको मानिसलाई कसरी सभामुख बनाईयो होला ? टाउकोको मोल तोक्ने र टाउको लुकाउनेको मिलन कसरी भयो होला ? जनता किन यति सारै एमसीसीसंग रिसाए होलान् ।

विदेश गएर पैसा नपठाउने घर नेपालमा सायद बिरलै पाईन्छ होलान् । अझ पनि जनता छिमेकी देश भारत जहाँबाट नुन देखि सुन आउँछ र चालिस प्रतिशत मानिसहरु रोजगारी गर्न उतै जान्छन । उतै बसेर उसैलाई गालीगलौज गर्छन । समुद्रपारिको देश अमेरिकालाई गाली गर्नु भनेको त् बहादुर नेपालीको धर्म जस्तै भयो । देश दौडाहामा रहेका केपी बा छोराछोरीलाई कुन संस्कार सिकाउँदै छन । समाज र राजनीतिक नेताहरु आफ्नै समकक्षीहरुको उछितो काटेर दिन बिताउन थालेका छन् ।

माथि उल्लेखित मुद्धामा नै देश अझिएको छ । राष्ट्रिय गौरवको कुनै आयोजना पुरा भएन । देशले अन्तर्राष्ट्रिय खेलकुदमा कुनै पदक पाएन । समाजमा विभेदको अन्त्यको साटो रिस कुण्ठाले भरिन थाले र मानिसहरु अदालतमा जान थाले । सानो पानीको धारा होस् वा पुल पर्खाल होस् नेता झण्डा हलाउदै शिलान्यास गर्न पुगिहाल्न थालेका छन् । पैसा दिने विदेशी शिलान्यास गर्न नेपाली नेताहरु । समाजमा शिक्षाको हालत उही छ । विश्व विद्यालय होस् वा सामुदायिक विद्यालय युरोपियन र भारतीयको चिन्तन जस्तो पाठ्यसामग्री छ । नेपाली माटो सुहाउँदो जीवनोपयोगी शिक्षा भएको पाठ्यक्रम खै ? कुन राजनीतिक दलको एजेन्डामा छ । भनाईको मतलब प्राविधिक धार र जीवन जीउने शिक्षाको उठान गरिएन दास विचारको वाईट कलरक जवको शिक्षा नीतिलाई अगाडी बढाईयो । यसलाई बदल्ने तागत के काँग्रेस संग छ ? कि मिलिभगत गर्दै जाने हो । हामीले जिताएका जनप्रतिनिधिको कामको फेरिहस्ते कसले तयार गर्न हो ? नगर/पालिका वा महानगर प्रदेश वा केन्द्रमा रहेका मानिसहरुको कार्य मुल्यांकन फर्म खोई ? कुन आधारमा कुन मुखले गाउँ जाने हो ? हाम्रा साथीहरुले र हाम्रो पार्टीले बनाएको घोषणा पत्रमा उल्लेखित कामहरु कस्तो अबस्था छन् । किन शहर भन्दा दुर्गम क्षेत्रमा काँग्रेस कमजोर बन्दै गएको छ ? युवा आकर्षण कति प्रतिशतले बढिरहेको छ ? गगनले मात्रै बोल्ने हो कि अरुले पनि सिक्ने हो ? प्रदीपले मात्रै राजनीतिक छलफलमा भाग लिने हो कि अरु पनि जाने हो ? भनाईको मतलब अरु पनि अब्बल छन तर शुसुप्त छन । दबिएका छन किन बोल्न सक्दैन ? किन एकजना मानिस मात्रै उच्च पदमा लैजान्छ काँग्रेस ? किन राजनीतिक विचारलाई परिमार्जन गर्दैन । नेपालका अरु पार्टी भन्दा साक्षार पार्टी काँग्रेस नै होला तर पनि काँग्रेस चुक्दैछ ।

हाम्रो घोषणापत्रमा किन विपि बाबुले भने जस्तो शिक्षा नीति र औधोगिक नीति आउँदैन । काँग्रेसको उदारवादी अर्थ नीति कै कारण आज नेपालीहरु विश्व बजारमा छन । तर काँग्रेसको निजिकरणले पुराना ४४ वटा सरकारी कम्पनी त् चले तर जनतामा महंगी बढ्यो नि कारण ति कम्पनीलाई दिएको अनुदान हटाईयो । उत्पादन बढ्यो तर स्वामित्व एकजना सँग रहयो । सरकार त् अहिले पनि महंगीे अगाडी मुखदर्शक नै छ हैन र ? विभिन्न खाले सन्धि र सम्झौताका बारेमा जनतामा यसरी भ्रम फैलाईएको छ कि कुरै नगरौ ? कि देश अब अमेरिका वा भारतलाई बेचिसकियो जस्तो गरेर । एमसीसीका बारेमा कक्षा एक देखि एम.ए. वा त्यो भन्दा माथिल्लो तह पढेका के काँग्रेस के अन्य पार्टी र स्वतन्त्र मानिसहरु पनि बुरुक–बुरुक उचालिए । मानिस किन नरिसाउनु ।

उता टनकपुरको सम्झौता भएको वर्षौ भयो नेपाली भूमिमा पानी आउँदैन । महेन्द्रनगरका बुढापाका दाजुभाईलाई सोध्यो भने मन भकानिएर आउँछ । सिमा मा बस्ने हाम्रो सुरक्षा संयन्त्रलाई बस्ने वा पानी आए ओत लाग्ने गतिलो घर छैन । हो हामी नेपाली बहादुर नै हो किनकी हामीसँग स्वाभिमान छ । यता रुपैडियाको हालत पनि उस्तै छ । केपी बा ले मैले चुच्चे नक्सा ल्याए भन्छन । जमिन खै ? सोध्यो भने केपी चुपचाप लाग्छन । उता सुरुङ युद्द गर्न दाजुभाईहरु को त् कुरै छोडौ जे मा पनि देशभक्ति देखिहाल्ने र भावनामा बग्ने पछी समाल्न गाह्रो । यहाँ बाबुरामको भनाईलाई सापटी लिने हो भने आर्यघाटमा पुगेर दाहासंस्कार भईसकेको राजतन्त्र फर्किन्न भन्छन् । तर केहि राजभक्ति र राजा भक्ति वालाहरु राजा बोकेर हिडेर भन्छन् हामीसंग सपना छ योजना छ । जनतालाई भन्छन् तिमीहरु एमाले, माओवादी र काँग्रेसका गोठमा बाधेका गाईगोरु हौ । अनि तलबाट तालि बज्छ । केहि सामाजिक अभियन्ता र केहि जुका जस्ता पुराना पञ्चहरुको गठजोड ले संघीय लोकतान्त्रिक व्यवस्थामा धावा बोलिरहेका छन ।

यता सुराही र टिनको बाकस बोकेर बालुवाटारबाट बाहिरिएका कृष्ण प्रसाद र स्वदेशी अस्पतालमा प्राण त्याग गरेका गिरिजाप्रसादको छवी पनि कम छैन यति मात्र कहा हो र स्वर्गीय शुशील कोईरालाको सम्पति विवरण हेर्दा पनि थाहा हुन्छ । अरु त्यागि नेताहरुको लामै सुची काँग्रेस मै बन्छ तर काँग्रेस नै चुनावमा जनताबाट लोपा खान्छ । यसको कारण नखोजी लहडको भरमा केन्द्रिय सदस्यलाई काम दिन मात्रै हो भने अबका दिन चुनौती पूर्ण छन । हो काँग्रेसको केन्द्रिय समिति नै ठुलो हो तर यो अभियान शुरु गर्नुभन्दा पहिला निजि क्षेत्र शिक्षा क्षेत्र किसान दाजुभाई प्राविधिक क्षेत्र र सिमाविद् वा अन्य सरोकारवाला संग्ग राय लियो त् ? सायद् लिएन त्यसकारण काँग्रेसको नेतृत्व आत्मकेन्द्रित भएको हो वा सुझबुझ अनुसार नै गरेको हो त् भने प्रश्न खडा हुने छ ।

१४ औँ महाधिवेशन पछी काँग्रेसमा देखिएको मनमुटावलाई एमसिसिले एकीकृत गरेको छ भनि काँग्रेस नेताहरु भन्छन् तर पार्टीका तल्ला तहमा त्यस्तो देखिदैन । जनलहर काँग्रेससँग प्रशस्त छ तर नेताहरु नै जनलहरलाई क्यास गर्न सकिरहेका छैनन् । काँग्रेसले प्रदेश स्तरीय भेला गरेर स्थानीय चुनावमा गएको भए यसले अर्कै महत्व र दुरगामी महत्व राख्ने थियो । जे होस् नेपालको पुरानो र प्रजातान्त्रिक पाटीको यो अभियानले लोकतन्त्र र जनताका हक अधिकार सूनिश्चित गर्न कोसे ढुंगा सावित हुनेछ वा चुनावी एजेन्डा मात्रै हुनेछ यसको अग्नि परिक्षा सुरु हुँदैछ । जसको परिक्षामा पास वा फेल हुने योजना नेताहरु संगै छ ।

स्थानीय तहको निर्वाचनमा पनि जनताको पहिलो रोजाई नै नेपाली काँग्रेस नै हुनेछ । चुनाव जतिजति छिटो हुनेछ त्यो काँग्रेसको हितमा हुनेछ । ढिलो भएमा सत्ता विरोधि आक्रोश बढने छ जसले गर्दा काँग्रेसलाई घाटा हुनेछ । नेपाली काँग्रेस विपक्षी अथवा प्रतिस्पर्थी राजनीतिक दलहरुको प्रहार भन्दा पनि आफ्नै अन्तर कलहको कारण चुनावमा पराजित हुनेगर्दछ । महाधिवेशनको परिमाणले नेपाली काँग्रेस भित्र मनोमालिन्यता र कटुतालाई अवश्य पनि बढाएको छ । अब पाटी सभापति भएका नाताले अभिभावकत्वको भूमिका सम्माननीय प्रधानमन्त्री एवं पाटी सभापति शेरबहादुर देउवाले गर्नुपर्छ । अत्यमा जनतालाई काँग्रेसको साथ चाहिएको छ काँग्रेसलाई जनताको गरिबी र विकासको भोगको खाजा कसले दिने हो । आउने दिनहरुले उत्तर दिदै जाने छन । अग्नि परिक्षामा उतिर्ण हुने योजना सहित काँग्रेस गाउँ जानेछ र जनताको विश्वास जित्ने छ वा केहि नयाँ पाठ सिकेर गाउँबाट फर्किने छ ।
लेखक सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका महासचिव हुन् ।

प्रतिक्रिया