नेपाल पत्रकार महासंघको संस्थागत विकास

नेपाल पत्रकार महासंघको संस्थागत विकास

नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संगठन हो । महासंघ स्थापनाको ६७ औं वार्षिकोत्सवमा आइपुगेको छौं । २०१२ चैत १६ गते पुनर्गठनबाट नेपाल पुकार साप्ताहिक पत्रिकाका सम्पादक कृष्णप्रसाद भट्टराई सभापतित्वमा कार्यसमिति चयन भएको दिनलाई वार्षिकोत्सवको रुपमा मनाउन थालिए पनि २००८ सालमा सत्यनारायण श्रेष्ठले सुरुवात गरेको २००९ मा पनि पुर्नगठन भएको अनि २०१२ पुस १९ गते उदयराज शास्त्रीको अग्रसरतामा भएको भेलाले तय गरेको मिति अनुसार आज भन्दा ६७ वर्ष अघि २०१२ चैत १६ गते भट्टराई सभापति चुनिएको हुन् ।

२०१३ चैत १७ गते गोपालदास श्रेष्ठको समूहले सभापति कृष्णप्रसाद भट्टराई लगायत अरु पदाधिकारी मणिकराज उपाध्याय, फत्तेबहादुर सिंह र उदयराज शास्त्री समेतलाई निष्काशन गरेको घोषणा गरेको थियो । त्यसको १२ दिनपछि २०१३ चैत २९ गते दाताराम शर्मा सभापति बनेपछि १० वर्ष उनी नै सभापति भएको देखिन्छ । पञ्चायती व्यवस्थाले सामाजिक कामलाई समेत हस्तक्षेप रणनीतिको छायाँ परेको कारण महासंघ ओझेलमा रहेर गतिविधि हुन सकेनन् ।
त्यसपछि २०२३ साउन २५ गते फत्तेबहादुर सिंहको नेतृत्वमा गठन भएको समितिले २०२३ साउन २५ गते पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको थियो । त्यसबेला १७ जना पत्रकारले गरेको मतदानमा ९ मत पाएर पशुपतिदेव पाण्डे जितेको र ८ मत ल्याएर गोपालदास श्रेष्ठले हारेका थिए । पशुपतिदेव पाण्डेको नेतृत्व समितिले २०२३ फागुन २४–२७ सम्म प्रथम सम्मेलन आयोजना गरेको थियो ।

नेपाल पत्रकार महासंघले २०१२ चैत १६ गते पुनर्गठन विधिबाट नेतृत्व चयन भएको दिनलाई स्थापना दिवस भनी औपचारिक निर्णय गरेको भए पनि २००८ जेठमा नेपाल पत्रकार महासंघ नाम दिई गठन गरिएको समयलाई स्थापना दिवस मान्नुपर्छ भन्ने बहस चलेको छ । सुरु स्थापनाको २००८ सालको जेठ महिना भनिए पनि औपचारिक वैठक पुस्तिका फेला नपरेको कारण २०१२ चैत १६ लाई स्थापना दिवस भनिएको हो । औपचारिक मान्यता हिसावले चाहिं २०१९ साल वैशाख २८ गते दिएको निवेदन अनुसार वैशाख ३१ गते स्वीकृती पाएको थियो ।

२०१२ को स्थापना गरेकाहरुलाई निष्काशन गरिएको लगायतका अरु थुप्रै अन्तर कलहले संस्थागत विकासमा असजिलो भोगे पनि अहिले सरकारले नेपाल पत्रकार महासंघको आधुनिक भवन निर्माणूसंगै प्रेस काउन्सिल र सूचना विभाग कार्यालय राखी दिएर सञ्चारग्राम नामाकरण गरेको छ ।

पत्रकारहरुलाई संगठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरुको हक–अधिकार प्रवद्र्धन गर्ने महासंघको मूल ध्येय, लक्ष्य र दायित्व हो । ६ दशकभन्दा लामो इतिहास रहेको महासंघमा पत्रपत्रिका, रेडियो, टिभी, अनलाइन र स्वतन्त्र रुपमा काम गरिरहेका १३ हजार भन्दा बढी पत्रकार आवद्ध छन् ।

प्रेस स्वतन्त्रताको प्रवद्र्धन र प्रतिरक्षामा पनि महासंघले सशक्त भूमिका निर्वाह गर्दै आएको छ । महासंघले पत्रकारिता क्षेत्रसँग सम्बन्धित राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय क्षेत्रमा क्रियाशिल विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गर्दै आएको छ ।

महासंघको दैलेख शाखा

यी उद्देश्यका लागि स्थापित नेपाल पत्रकार महासंघ दैलेख शाखाको पनि झण्डै दुई दशकको संगठनात्मक विकास अभ्यास पार गरेको छ । सुरुमा २०५८ माघ २८ गते तदर्थ समिति गठन भएको अभिलेखले नेपाल पत्रकार महासंघको २० वर्ष वार गरेको देखिन्छ । नेपाल पत्रकार महासंघको नेतृत्वको हिसावले तपशील अनुसार सभापति-अध्यक्ष रहेको पाइएको छ ।

जिल्लामा पत्रकारिता विकासक्रम

पत्रकारिताको अभ्यासलाई केलाएर हेर्दा सञ्चार सुविधाको अभाव रहेकै बेलादेखि बामेसर्दै आएको देखिन्छ । २०४६ चैत २६ गते नेपालमा प्रजातन्त्रको पुनस्र्थापनापछि पत्रकारिता विकास मानिए पनि प्रजातन्त्रको स्थापना हुनासाथ ह्वात्तै यसको विकास भएको होइन । कानूनले निजी लगानीमा पनि सञ्चार संस्था दर्ता गर्न सक्ने व्यवस्था भएपछि मात्रै संस्थागत विकास भएको देखिन्छ ।

पञ्चायत कालमा पनि निजी लगानीका पत्रिका निस्केका थिए तर जति बेला जफत गर्ने र हस्तक्षेप गर्ने शासनशैली पञ्चायत कालमा निजी लगानीमा पत्रकारिता व्यवसायिकता हुन सकेको थिएन । केही साप्ताहिक पत्रिकाले पञ्चायती दमनको विरोधमा लेख्ने भएकोले यतिबेलाको सरकारले सञ्चार माध्यमलाई तारो बनाएको कारण यसले व्यवसायिकता पाउन सकेको थिएन, यो देशभरकै हालत हो ।

प्रजातन्त्र पुनस्र्थापनापछि चाहिं नेपाल अधिराज्यको संविधान २०४७ ले समाचार, लेख वा विचार अभिव्यक्ति गरिएकै कारण प्रेसमाथि प्रतिवन्द लगायन पाइने छैन भन्ने संवैधानिक रुपमा प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिएको र त्यसपछिका संविधान र ऐन कानूनले प्रेस स्वतन्त्रतालाई फराकिलो बनाइँदै आएको कारण अहिले देशभर नै सञ्चार माध्यमहरुको विकास भएको हो ।

कानूनी सहजता र प्रविधिको विकासले पनि सञ्चार माध्यमहरुको विकास भएको हो । जनस्तरसम्म प्रविधिको पहुँच बढेको कारण पहिले पत्रिका मात्र पत्रकारिता मानिदै आएकोमा अहिले पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन पत्रकारिताका आयमहरु विकास भएको छ । पहिले सरकार नियन्त्रित सञ्चार माध्यम मात्रै हुँद आएकोमा अव निजी क्षेत्रको लगानीमा पत्रपत्रिका, रेडियो र अनलाईन दैलेखमै पनि छन् ।

पत्रकारिताभित्र सञ्चार माध्यमहहरुको विश्लेषण गर्दा दैलेखबाट प्रकाशन भएको पहिलो पत्रिका धमाका दैनिक २०६३ देखि निरन्तता छ । २०६४ सालमा स्थापना भएको पहिलो एफएम रेडियो पञ्चकोशी करिव ४ वर्षमा बन्द भयो । जिल्लामा तीन दर्जनभन्दा बढी पत्रिका दर्ता भएपनि अहिले दुई वटा दैनिक पत्रिका र साप्ताहिक समेत मुश्किलले ६ वटा जति मात्र जेनतेन प्रकाशन भइरहेका छन् ।

जिल्लमा रेडियो पञ्चकोशीपछि स्थापना भएका तीन वटा मध्ये रेडियो दुल्लू उपकरण मर्मत गर्ने खर्चको अभावमा बन्द भएको छ । सदरमुकामका रेडियो धु्रवतारा, रेडियो ज्वाला र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको जम्बुकाँधस्थित रेडियो समावेशी पनि खर्च धान्न धौधौ अवस्थामा चलिरहेका छन् । २०६६ तिर ज्वाला टेलिभिजनको अभ्यास गरे पनि २–४ महिनामै बन्द भयो । दैलेखका पत्रकारहरुले सञ्चालन गरेका अनलाईनहरु पनि खर्चको कठिनाईले व्यवसायिक बन्न सकेका छैनन् ।

स्थानीय सरकारले विकास गतिविधिमा आवश्यकताका आधारमा सञ्चार माध्यमको विकास, प्रवद्र्धनमा सहयोग गर्न सक्ने भए पनि दैलेखमा सञ्चार माध्यमहरुप्रति सहयोगी छैनन । स्थानीय सरकारका विकास गतिविधि सञ्चालनका क्रममा देखिएका समस्या औल्याएर सञ्चार माध्यममा आएका समाचारहरुकै कारण स्थानीय सरकारले पूर्वाग्रह र प्रतिसोध राख्ने गरेको देखिएको छ ।

प्रतिक्रिया