चुनावमा बालबालिका र विद्यालयलाई प्रयोग नगरौँ

चुनावमा बालबालिका र विद्यालयलाई प्रयोग नगरौँ

बालबालिका राष्ट्रको कर्णधार हुन । आजका बालबालिका नै मुलुकको भविष्यका नीति निर्माता हुन्छन् । यो कुरा सम्पूर्ण राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई सर्वविदितै छ होला । बालबालिकाहरुलाई कुनै पनि राजनीतिक दलको कार्यक्रम, ¥याली, नाचगानहरुमा सहभागी गराउनु हुँदैन । निर्वाचन आचारसंहितामा १८ बर्ष उमेर पुरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न र गराउन नहुने उल्लेख छ । यो कुरा पनि दलका नेता तथा कार्यकर्ताहरुलाई पक्कै पनि थाहा होला । त्यसकारण चुनावको निहुँमा बालबालिकालाई प्रयोग नगर्न र नगराउनु हुनु अनुरोध छ । चुनाव बालबालिकाको अधिकार भन्दा बाहीरको बिषय भएकाले चुनावमा बालबालिकालाई प्रयोग नगरौँ । १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई राष्ट्रले चुनावमा भोट हाल्ने अधिकार दिएको छैन् । त्यसैले चुनाव बालबालिकाहरुको सरोकार भन्दा बाहिरको बिषय हो । चुवानमा बालबालिकालाई सहभागी गराउनु लाई राम्रो मानिदैन् ।

बालबालिकाहरु पढ्ने, लेख्ने र सिकाई जीवनसंग जोडेर असल नागरिक बन्ने समयमा चुनावमा सहभागी गराएर प्रचार प्रसारमा कुनै पनि १८ बर्ष भन्दा मुनिका बालबालिकालाई प्रयोग गर्नु हुँदैन् । यस्तो गर्नु बालबालिकाको हक अधिकार भन्दा विपरीत हुने कुरा सम्पुर्णमा जानकारी गराउन चाहन्छु । बालबालिकालाई चुनावी सभामा प्रयोग गर्नु हुँदैन । नेपालमा बालबालिकाले १६ बर्षकै उमेरमा नागरिकता पाएपनि चुवानमा मतदान गर्नका लागी भने १८ बर्ष नै हुनुपर्छ ।

विद्यालयमा पनि राजनीतिक दलका कुनै पनि कार्यक्रहरु संचालन गर्नु हुँदैन । विद्यालय शान्ति क्षेत्र हुन् । विद्यालय शान्ति क्षेत्र घोषणा भएकोले विद्यालयमा कुनै पनि राजनीतिक दलका कुनै पनि कार्यक्रहरु संचालन गर्नु हँदैन । साथै प्रचारप्रसारका सामग्री विद्यालय क्षेत्रमा टास्ने काम गर्नु हुँदैन । विद्यालय भनेको बालबालिकाको ज्ञान, सिप र क्षमता बृद्धी विकास गर्ने स्थान हो । यसमा चुनावको कारणले कुनै पनि बालबालिकाको शारिरीक, मानसिक र सामाजिक हिसाबले असर पर्ने खालका काम हरु गर्नु हुँदैन । यद्धपी दलहरुले भने निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारप्रसार, आमसभा, पार्टी प्रवेश कार्यक्रमहरुमा बालबालिका प्रयोग गर्दै आएका छन् । अब सबै राजनीतिक दलहरु समक्ष चुनावका कुनै पनि गतिवीधिमा बालबालिका प्रयोग नगर्न र नगराउन अनुरोध गर्दछु ।

बरु विद्यालयमा बिद्यार्थीहरुको लागि अतिरीक्त क्रियाकलाप सञ्चालन गर्नु पर्दछ । यसले बालबालिकाहरुको चातर्फी विकास गर्न मद्धत गर्दछ । विद्यालयमा कुनै पनि राजनीतिक दलका क्रियाकलाप तथा गतिवीधि सञ्चालन गर्नु हुँदैन् । यसो गर्नाले बालबालिकाको बौद्धिक विकासमा नकारात्मक असर पर्न जान्छ । विद्यार्थीहरुमा नकारात्मक असर पर्न जान्छ । विद्यालय हाम्रो साझा फुलबारी हुन्, बालबालिका त्यहि फुलबारीका फुल हुन् । त्यसैले बालबालिकामा नकारात्मक असर पर्ने क्रियाकलाप नगरौँ ।

चुनाव प्रचारप्रसार, आमसभा, पार्टी प्रवेश कार्यक्रमहरुमा बालबालिकालाई प्रयोग नगर्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक वर्ग तथा सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध छ । विद्यालय क्षेत्रमा समेत राजनीतिक दलका कार्यक्रमहरु सञ्चालन नगर्न आग्रह गर्दछु । नराम्रा कार्य जसले बालबालिकाको क्षमता विकास र मानसिक रुपले प्रत्यक्ष असर गर्ने क्रियाकलापहरुमा सहभागी नगराउनु हुन विनम्र अनुरोध गर्दछु । सम्पुर्ण राजनीतिक दलका नेता कार्यकर्ता तथा सरोकारवालाहरुलाई बालबालिकाको चौतर्फी विकासको सहयोगमा जुटाउन तर्फ लागौँ ।

स्मृति वली गुराँस गाउँपालिका–४ को सुनगाभा बालक्लबको अध्यक्ष हुन् ।

 

प्रतिक्रिया