आयोग गठन गर्ने सहमतिमा मिटरब्याज पीडितको आन्दोलन फिर्ता

आयोग गठन गर्ने सहमतिमा मिटरब्याज पीडितको आन्दोलन फिर्ता

काठमाडौँ — मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्न अधिकार सम्पन्न जाँचबुझ आयोग गठन गर्ने सरकारले प्रतिबद्धता जनाएपछि शनिवार आन्दोलन फिर्ता लिने सहमति भएको छ ।

सरकार र मिटरब्याजीबाट पीडितबीच गृह मन्त्रालयमा शनिबार पाँच बुँदे सहमति भएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थितिमा सरकारी वार्ता टोली र संघर्ष समितिबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

यो सहमति अघि प्रधानमन्त्री पुप्पकमल दाहाल (प्रचण्ड)संग शनिवार नै बालुवाटारमा पीडितहरुले भेट गर्नुभएको थियो । बार्ताको क्रममा प्रचण्डले भन्नुभयो ‘समस्या समान्तवादको अवशेष हो। हिजो सामन्तवादका विरुद्ध एकढङ्गले लडियो, अहिले सामन्तवादका अवशेषलाई निमिट्यान्न पार्न सरकारमा रहेर दृढतापूर्वक लाग्नेछु ।’

मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिबासबाट १२ दिन हिंडेर काठमाडौं पुग्नुभएका पीडित सहमति हुनुभएको हो । पीडितहरूसंग सरकारी अधिकारहरुसंगको चरणबद्ध छलफलको क्रममा जिल्लाजिल्लामा समस्या समाधान गर्न समितिहरु गठन गर्ने कुराले समस्या समाधान नहुने पीडितहरुको तर्क थियो ।

प्रतिक्रिया