‘खर काटेर घर छाउला’ बोलको म्युजिक भिडियो सार्वजनिक

 ‘खर काटेर घर छाउला’ बोलको म्युजिक भिडियो सार्वजनिक

सुर्खेत –  सुर्खेतका निर्माता प्रकाश शाहीको ‘खर काटेर घर छाउला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार नयाँ वर्षको अवसर पारेर सुर्खेतबाट गित सार्वजनिक गरिएको हो ।

गितमा राखिएका शब्दले प्रेमभाव र घरबार जोड्ने कुरालाई दर्शाउन खोजिएको छ । सुर्खेतकै विभिन्न स्थललाई छायांकनमा देखाइएको छ ।
कलाकार प्रेमदेव गिरी, गणेशभक्त गौतम लगायतका व्यक्तिहरुको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भिडियो सार्वजनिक गरिएको थियो ।

कलाकारीता क्षेत्रमा विगतमा आफुले भोगेका कुरालाई स्मरण गर्दै अबको कलकारीता क्षेत्रमा सुधार हुनुपर्ने गिरीले बताउनुभयो । उहाँले अग्रजको सम्मान गर्दै नयाँ पुस्ताले थप रचनात्मक काम गर्न सुझाव दिए ।

गितमार्फत सकारात्मक सन्देश प्रवाह गर्न खोजिएको गौतमले बताउनुभयो । शनी बिश्वकर्मा र करुणा वलीको स्वरमा टिका बस्नेतले शब्द रचना गरेकी हुन् । चन्द्र मन्दिरको कोरीयोग्राफी र भिडियोमा प्रकाश शाही, सिता भण्डारी, नवीन वली र लक्ष्मी सुनार रहेका छन् भने शुनिल रेग्मीको निर्देशन तथा करुणा वलीको लय रहेको छ ।

प्रतिक्रिया