अविरल वर्षापछि ढुङ्गा खस्दा राप्ती राजमार्ग अवरुद्ध

अविरल वर्षापछि ढुङ्गा खस्दा राप्ती राजमार्ग अवरुद्ध

सल्यान-   अविरल वर्षापछि ढुङ्गा खस्दा राप्ती राजमार्ग आइतबार बिहानदेखि अवरुद्ध भएको छ । राप्ती राजमार्गको श्रीनगर कपुरकोट सडक खण्डको त्रिवेणी गाउँपालिका ५ टुनिबोट नजिकै सडकमा ठुलो ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

बिहान साढे ७ बजेतिर ठुलो ढुङ्गा झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताउनुभयो । सडक अवरुद्ध हुँदा मोटरसाइकल र सानो गाडीहरू पास भएपनि ठुला सवारीसाधनहरू बाटोमा नै रोकिएको उहाँको भनाई छ । बिहानदेखि सडक अवरुद्ध हुँदा ठुला सवारीसाधनमा गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् ।

जिल्लामा ठुलो ढुङ्गा फुटाउने कुनै साधन नहुँदा दाङ तुलसीपुरबाट बोलाइएको खनालको भनाई छ । दाङबाट साधन आउने बित्तिकै ढुङ्गा फुटाउने कार्य सुरु हुने उहाँले बताउनु भयो । सडक सुचारु हुन ५ /६ बज्न सक्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया