मौद्रिक नीति साबिकका बर्षहरुको भन्दा केही उत्साहजनक रहेको छ : राधा पोखरेल

मौद्रिक नीति साबिकका बर्षहरुको भन्दा केही उत्साहजनक रहेको छ : राधा पोखरेल

सुर्खेत –  राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।

सोही अवसरमा नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले नेपाल राष्ट्र बैंकले आइतबार (आज) जारी गरेको मौद्रिक नीति साबिकका बर्षहरुको भन्दा केही उत्साहजनक रहेको बताउनुभएको छ ।

सामाजिक सन्जाल फेस्बुकमा स्टाटस लेख्दै उहाँले यस्तो बताउनभएको हो । “विशेष गरी सेयर धितो कर्जाको जोखिमभारलाई पुनरावलोकन गरिने छ भनिएको छ, यसले सेयर बजारमा उत्साह ल्याउने नै देखिन्छ, उहाँले भन्नुभएको छ । बिगत दुईवर्ष देखि निरन्तर घटिरहेको सेयर बजारलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिले थोरै भएपनि मल्हमपट्टी लगाउने छ भन्नेमा हामी लगानीकर्ता आशावादी रहेका छौँ,” उहाँले लेख्नुभएको छ ।

प्रतिक्रिया