राष्ट्र बैंकले घुमाउरो भाषा प्रयोग गरेर लगानीकर्तालाई कन्फ्यूज बनाएकोमा आपत्ति

राष्ट्र बैंकले घुमाउरो भाषा प्रयोग गरेर लगानीकर्तालाई कन्फ्यूज बनाएकोमा आपत्ति

 

काठमाडौँ –  नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको बताउनुभएको छ ।

मौद्रिक नीतिमा एकथरी भाषा प्रयोग गरिएको र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा फरक कुरा सार्वजनिक गरिएको भन्दै उहाँले लगानीकर्तालाई कन्फ्युज बनाउने काम राष्ट्र बैंकबाट भएको बताउनुभएको हो ।

मौद्रिक नीति सर्वजनिक भएपछि गभर्नरबाट फरक कुरा आएकोले यसबाट लगानीकर्ता कन्फ्युज भएको पोखरेलको भनाई छ । उहाँले भन्नुभयो,  ‘मौद्रिक नीतिको पूर्णपाठ हेर्दा केहि भए पनि राहत दिने खालको मौद्रिक नीति आएको महशुस भएको थियो, तर पत्रकार सम्मेलनमा सबै साइजका कर्जाको जोखिमभार नघट्ने जानकारी दिइयो, राष्ट्र बैंकले घुमाउरो भाषा प्रयोग गरेर लगानीकर्तालाई कन्फ्यूज बनाउने काम गर्दै धितोपत्र बजारलाई निरुत्साहित गरेको छ । दुई घण्टा मै बोली फेरेर फरक कुरा गरेकोमा उहाँको आपत्ति रहेको छ ।

 

प्रतिक्रिया