शाहीको तिजको कोशेली ‘जाउ सानु माईत जाउ’

शाहीको तिजको कोशेली ‘जाउ सानु माईत जाउ’

दैलेख – आउदै गरेको तिजलाई लक्षित गरेर दैलेखकी चेली सपना शाहीले नयाँ तिज गित बजारमा सार्वजनिक गरेकी छिन् । उनले ल्याएको नयाँ तीज गित एल्वम ‘जाउ सानु माईत जाउ’ हालै सार्वजनिक भएको हो ।

गायिका सपना शाही । गिज गित एल्वम
गायिका सपना शाही । गिज गित एल्वम

उनले गत वर्ष पनि तिज एल्वम ‘झकास’ बजार आई चर्चित भएको थियो । विगतका वर्ष मनोरञ्जनमय तिज गित ल्याएकी सपनाले यसवर्ष चेलीहरुलाई माईती घरमै जान सल्लाह दिदैं माईतीमा मनाउने तिजको महत्वलाई गित मार्फत उजागर गरेकी छिन् । जाउ सानु माईत जाउ एल्वममा स्वर सपना शाही, प्रेम दैलेखी र गमान विवसको रहेकोछ । लय र शव्द प्रेम दैलेखीले दिएका छन् । यसपालिको तिज गित सम्मान म्यूजिक प्रा.लि.ले बजारमा ल्याउने हो
‘जाउ सानु माईत जाउ’ तीज गितमा वर्षको दिनको तीजमा माईती घरमा गई छोरी चेलीहरुलाई वर्ष दिनको दुःख भुलाउने दिन भएको र त्यसलाई राम्रोसंग आफ्ना पिरमर्का भुलाउने दिनको रुपमा लिनुपर्ने सन्देश दिएको छ ।

गायिका सपना शाही । गिज गित एल्वम
गायिका सपना शाही

उनले विशेषगरी लोकगित, देउडा र तिजका गितहरु गाएको जनाएकी छिन् । उनको पहिलो गित ‘रुनुपरेपछि’ स्रोतामाझ लोकप्रिय रहेको छ । यसका साथै ‘हेराई ज्यानमारा’ गित समेत स्रोता माझ चर्चित रहेको छ । सानैमा गित संगित क्षेत्रमा रुची राख्ने सपना २०७० सालमा औपचारीक रुपमा सांगेतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले हाल सम्म एक दर्जन बढी गितहरुमा स्वर दिएकी छिन् ।
सांगेतिक क्षेत्रमा विशेषगरी लगनशिल, परिश्रमी र धैर्यता हुनुपर्ने उनको धारणा रहेको छ । उनी बुवा अंजिरबहादुर शाहीको प्रेरणाका कारण गित संगित क्षेत्रमा प्रवेश गरेको वताउछिन् । उनी सांगेतिक क्षेत्रसँगै शिक्षण पेशामा समेत संलग्न रहेकी छिन् ।

प्रतिक्रिया