इलाका स्तरिय तर्जुमा गोष्ठि वहिस्कार

इलाका स्तरिय तर्जुमा गोष्ठि वहिस्कार

निरक शाही
दैलेखको ईलाका नं.७ मा रहेका मालिका , गौरी , कालभैरब र गमोडी गाविसलाई मिलाएर ज्वाला मालिका गाँउपालिका बनाउन माग गर्दै स्थानिय व्यपारी र राजनीतिक दलका कार्यकर्ताहरुले संयुक्त रुपमा बिहिबार इलाका स्तरिय तर्जुमा गोष्ठि वहिस्कार गरेका छन । स्थानीय तह पुनःसंरचना आयोगले दैलेख जिल्लमा ११ वटा स्थानिय तह निर्धारण गरेको छ जसमा ईलाका नं. ७ लाई मिलाएर दुल्लू नगरपालिकामा गाभेको प्रति स्थानिय हरु बाध्य भएर आन्दोलित हुन पुगेका छन । जिल्ला बिकास समिति दैलेखमा बसेको जिल्ला स्तरिया सर्वदलिय सयन्त्र बैठकले ज्वालामालिका गाउपलिका बनाउने निर्णय गरे यो झुटो आसवासनमात्र भएको भन्दै आन्दोलित हुन पुगेको नेपाली कांग्रेस जिल्ला कार्य समिति दैलेखका सदस्य किरण भण्डारीले जानकारी दिनु भयो । उहाले आठ वटा स्थानिय तह हुदा ज्वाला मालिका गाउपालिका बन्ने तर ईलाका लाई आधार मान्दा ईलाका नं. ७ लाई गाउँपालिका नबनाउंदा स्थानीय आक्रोशित भएको बताउनु भयो ।
यस्तै यो भन्दा पहलिे पनि महिनौ गाविस कार्यलय बन्द , शैक्षिक संस्था बन्द लगएत सडक आन्दोलन गर्दा पनि आफ्ना मग पुरा नभएको भन्दै ईलाका स्तरिय तर्जुमा गोष्ठी बहिस्कार गर्न पुगेको संघर्ष समिति का संयोजक खगेन्द्र थापाले बताउनु भयो ।
जनताको सेवा भन्दा पनि राजनिति स्वार्थको लागि स्थानिय तह निर्धरण गरेको भन्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ढकोन्द्र शाहीले आक्रोस ब्यक्त गनु भयो ।

प्रतिक्रिया