वर्षा सुरु भए पछि सल्ली चौहरजारी सडक पुर्ण रुपमा बन्द

वर्षा सुरु भए पछि सल्ली चौहरजारी सडक पुर्ण रुपमा बन्द

दुर्गा वि.सी.
सल्यान. बन्गाड कुपिण्डे नगरपालीकाको वर्षाका कारण ग्रामिण सडकहरुमा सञ्चालन हुने गाडिहरु बन्द भएका छन् । वर्षा सुरु भए लगतै सल्लीवजार रुकुम चौहरजारी,घाँझरपील मैदुपोखरी,बामे,खैरागाड चाँदे,बालुवासँग्रहि सल्यान खलंगा सदरमुकाम सम्म जोड्ने सडकहरु विग्रीए पछि गाडि सञ्चालनमा समस्या भएको छ । ग्रामिण सडक खण्डहरु ग्रावेल नभएका कारण हिलाम्मे सडकमा ट्याक्टर,जिपहरु फस्न थाले पछि समस्या उत्पन्न भएको छ । 19554806_1924306804499556_3782803328026246380_n

ग्रामिण सडकको त कुरै छाडौं वर्षाका कारण मुख्य चौहरजारी सडक खण्डमा समेत सञ्चालन हुने यातायातका साधन प्रभावित भएको स्थानीय कृष्ण रावतले वताए । रात्रीकालीन वस देखि सवै यातायातका साधन हिलोमा जाम पर्न थाले पछि गाडि सञ्चालनमा कठिनाई भएको छ । बामे सडक खण्ड र मैदुपोखरी सडकमा चल्ने साना जिपहरु पानी नपरे पछि छिटफुट रुपमा चले पनि सल्ली चौहरजारी सडक खण्डमा ट्याक्टर वाहेक अन्य कुनै पनि यातायातका साधन चल्न नसक्ने अवस्था छ ।

सल्ली चौहरजारी सडक खण्डमा घण्टौ गाडि हिलोमा फस्न थाले पछि नाईट तथा डे सेवाका सम्पुर्ण यातायातका साधन पुर्ण रुपमा वन्द भएका छन् । उक्त सडकमा छोटो दुरीका विद्यालय वस समेत सञ्चालनमा कठिनाई भएको छ । जस्ले गर्दा स्कुले विद्यार्थी, स्थानीय र विरामीलाई समेत आवत जावतमा कठिनाई परेको उधोग बाणिज्य संघ सल्यानका उपाध्यक्ष तथा उज्वल स्टार वोर्डिङ्ग स्कुल सल्लीवजारका भोपाल साहुले वताए । वर्षौ विती सक्यो समयमा बाटो राम्रो नवन्दा सल्यान,रुकुम,जाजरकोट र डोल्पाका स्थानीयहरु यहि बाटो भएर आवत जावत गर्नमा कठिनाई भएको साहुको दुखेसो छ । बन्गाड खोलामा निमार्णधिन पक्की पुल समेत अलपत्र छ ।

खोलामा पानीको सतह वढेसँगै सडकको सल्लीवजार देखि कुमाखमालीका गाउँपालीकाको स्वीकोट नेटावजार सम्मको बाटो अत्यन्तै जोखिम भएकोले गाडि सञ्चालनमा कठिनाई उत्पन्न भएको छ । अर्को तर्फ छिन्चु जाजरकोट सडक खण्डको सल्लीवजार र देवस्थल विचमा पर्ने बन्गाड खोलामा पुल नहुदाँ खोला वढेसँगै यातायात आवत जावतमा समस्या हुने गरेको छ । खोला वढे पछि जाजरकोट पुग्ने यातायातका साधन सल्लीमै अलपत्र पर्ने गरेका छन् ।

प्रतिक्रिया