बाल क्लबले गर्यो हाजिरिजवाफ प्रतियोगिता

बाल क्लबले गर्यो हाजिरिजवाफ प्रतियोगिता


दैलेख पौष २८- नमुना बाल क्लबले जयदेव माध्यामिक विद्यालय जम्बुकाँधमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बाल विवाह, छाउपडि प्रर्था, बाल हिंसा, महिला हिंसा लगाएतका सामाजिक विषय बस्तुमा आधारित रहेर हाजिरिजवाफ प्रतियोगिता संचालन गरेको हो । प्रतियोगितामा जानकी रेग्मीको समूह प्रथम भएको छ । यस्तै विरेन्द्र पाण्डेको समूह द्धितिय भएको छ भने निराजन कार्कीको समूह तृतिय भएका छन् । प्रतियोगितामा राजन भण्डारीको समूह सान्तोना र उवर्सी बोहोराको समूह पाँचौ भएका छन् । कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागि उक्त प्रतियोगिताको अध्यक्षता नमुना बाल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले गरेको जिल्ला बाल संजाल दैलेखका सचिव सुरेन्द्र देवकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया