बेस्तडामा मनाईयो १०८ औ अन्तराष्ट्रिय महिला दिवस

बेस्तडामा मनाईयो १०८ औ अन्तराष्ट्रिय महिला दिवस

१०८ औ अन्तराष्ट्रिय महिला दिवस दैलेखमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । ‘‘आर्थीक सशक्तीकरण सहितको सामाजीक जागरण, ग्रामीण तथा सहरी महिलाको जिवनस्तर रुपान्तरण” भन्ने मुल नारा सहित १०८ औ अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रमहरु गरि मनाइएको हो । दिवसको अबसरमा भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारमा पनि एक कार्यक्रमको आयोजना गरिएको छ । बेस्तडामा आयोजित कार्यक्रममा स्थानीय महिलाहरुले ¥याली सहित बेस्तडा बजार परिक्रमा गरेका थिए । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको नारा, सबैभन्दा पहिला निणर्यमा महिला भन्ने स्थानीय नाराका साथ आयोजित कार्यक्रमको आयोजना भगवतीमाई गाउँपालिकाले गरेको थियो । यस्तै ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना र पहल कार्यक्रम सेवक दैलेखको सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सहजिकरण गरेको थियो ।

प्रतिक्रिया