बाल विवाह र छाउपडी पर्था विरुद्ध देउसी भैलो

बाल विवाह र छाउपडी पर्था विरुद्ध देउसी भैलो

दैलेख कात्तिक १८ ।
सामाजिक रुपमा रहेका कुपर्था न्यूनिकरण गर्न जिल्लाका विभिन्न महिला समूह, युवा क्लब र बाल क्लबहरु सक्रिय छन् । विभिन्न दिवस, चार्वपर्वलाई लक्षित गरेर उनिहरुले विभिन्न चेतनामुलक कार्यक्रमहरु संचालन गरिरहेका छन् । नेपालीहरूको दोस्रो महान पर्व शुभदिपावलीको अबसर पारेर यहाँका बालक्लबहरुले देउसी भैलो मार्फत कुपर्था न्यूनिकरणको अभियानमा जुटेका छन् ।

सोहि अनुरुप दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ५ मा रहेका वडा बालसंजालले बाल विवाह र छाउपडी पर्था न्यूनिकरण गर्ने उदेश्यले जनचेतनामुलक देउसी भैलो खेलेका   छन् ।  सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा परियोजना अन्तरगतको बाल संजालको आयोजनामा बाल बिबाह न्युनिकरण र छाउपडि प्रथा न्युनिकरण सम्बन्धि जनचेतनामूलक देउसी भैलो संचालन गरिएको परियोजनाका सामाजिक परिचालक सरस्वती भण्डारीले जानकारी दिइन् ।

प्रतिक्रिया