तस्बिरमा हेरौं दैलेखमा टाकटुके जात्रा

तस्बिरमा हेरौं दैलेखमा टाकटुके जात्रा

दैलेख साउन ३० –दैलेख जिल्लाका सर्वाधिक लोकप्रिय र सबै भन्दा लामो समयसम्म चल्ने वर्षे मेला अन्तरगर्त बिहिवार टाकटुके जात्रा मनाईएको छ । दैलेख सदरमुकाममा टाकटुके जात्रा निकालिएको हो । विशेषगरी नेवारी समुदायले निकाल्ने टाकटुके जात्रा अहिले दैलेखका विभिन्न समुदायले पनि मनाउने भएपछि यो जात्रा दैलेखमा सबैको साझा जस्तै बनेको छ । जात्रामा बाजाका साथ अग्लो लिंगोमा मान्छेको आकृती बनाई सारी बेरेर लठ्ठी हान्दै यो मेला मनाईन्छ । नेपाली भेष भुषामा सजिएका यूवाहरुले यसको नेतृत्व गर्ने गर्दछन् भने बालबालिकाहरुले पनि यसलाई साथ दिदै जात्रामा थप उर्जा दिने गर्दछन् ।

विगतमा सदरमुकाममा मात्र मनाईने यो जात्रा अहिले लाँकुरी, माथिल्लो डुंगेश्वर, चुप्रा, दुल्लु, नौमुले लगाएतका ठाउँमा समेत मनाउने गरिन्छ । बिहिवार दैलेख सदरमुकाममा निकालिएको मेलामा सदरमुकाम आसपासका क्षेत्रका सर्बसाधारणले अवलोकन गरेका थिए । परम्परालाई लोप हुन नदिन जात्रालाई थप आकर्षक बनाउदै लैजाने न्यू ज्वाला क्लबका अध्यक्ष विसाल सुनारले बताए ।

गाँठेमंगल अर्थात घण्टाकर्णको पुजाका दिन देखि शुरु हुने यो मेला अन्तरगत टाकटुके, गाईजात्रा, रोपाई जात्रा, बाग जात्रा र कृष्ण जन्माञ्टमीमा कृष्ण जन्माई कंश अर्थात लाखे मारे पछि यो जात्रा सकिन्छ । टाकटुके जात्रा विशेष गरेर जनैपूर्णिमा रक्षा बन्धनका दिन निकालिन्छ । सोहि दिन विभिन्न प्रजातिका टुसाएका अन्नको क्वाटी खाने प्रचलन रहि आएको छ ।


प्रतिक्रिया