महानायक राजेश हमाल दैलेखमा पहिलो पटक, यस्तो सम्म भयो !

महानायक राजेश हमाल दैलेखमा पहिलो पटक, यस्तो सम्म भयो !

काडाचौँर, दैलेख । दैलेख सदरमुकामको काडाचौँरमा जारी दैलेख सांस्कृतीक तथा घरेलु व्यापार महोत्सवको चौँथो दिन शनिवार दिउसो मेलाभरी दर्शकहरुको भिड थामिनसक्नु थियो । शनिवारका मुख्य आकर्षणका रुपमा रहेका महानायक राजेश हमाल आउने र उनलाई हेर्न पाईने मुख्य आशा बोकेर त्यहाँ पुगेका दर्शकहरुको उत्साह कम थिएन् । महानायक हमाल महोत्सव स्थलमा के पुगेका थिए दर्शकहरु निकै उत्साहित देखिए । महानायक राजेश हमाल इतिहासमै पहिलो पटक दैलेखमा आयोजना भएको महोत्सवमा सहभागि भएका थिए ।

उनि त्यहाँ पुगेपछि आयोजक टोलीले भव्य स्वागत ग¥र्यो र उनि स्टेज उर्तिए । दर्शकहरु उत्साहले थामिनसक्नु भएका थिए । प्रहरी र स्वयम सेवकलाई थामिनसक्नु भयो । आफ्नो प्रस्तुती दिन शुरु गरेका उनको मनले पनी मानेन् होला सायद । महानायक हमाल दर्शक भएकै ठाउँ पुगेर ‘म तपाईहरुसगँ कुरा पनी गर्छु’ भने । उत्साहित दर्शकहरु झनै उत्साहित भए । दर्शकहरुसगँको भलाकुसारी पछि महानायक हमाल फेरी स्टेजमा उर्तिए र नाच्न शुरु गरे । ‘रातो टिका निधारमा टलक्क टल्कियो’ भन्ने गितमा नाच्न शुरु गरेका उनलाई दैलेखी चेलीहरुले नाच्न समेत सघाए ।

हेरौँ केही प्रतिनिधी तस्विरहरु ।

शब्द तथा तस्विरहरुः श्याम बिसी

यसै प्रसगं सम्बन्धित भिडियो हाम्रो अफिसियल युट्युव च्यानल Jwala Sandesh मा सिघ्र उपलब्ध हुनेछ ।

प्रतिक्रिया