२०६२/०६३ को आन्दोलन, माओवादी सशस्त्र संघर्ष लगायतका राजनीति आन्दोलनबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न एकीकृत समाजवादी पार्टी स्थापना

२०६२/०६३ को आन्दोलन, माओवादी सशस्त्र संघर्ष लगायतका राजनीति आन्दोलनबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न एकीकृत समाजवादी पार्टी स्थापना

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले २०६२/०६३ को आन्दोलन, माओवादी सशस्त्र संघर्ष लगायतका राजनीति आन्दोलनबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न एकीकृत समाजवादी पार्टी स्थापना भएको बताएकी छिन् ।

एकीकृत समाजवादीको चामुण्डाबिन्द्रासैनी नगर स्तरीय कार्यालयको उद्घाटन गर्दै साँसद बिशुन्केले केपी शर्मा ओलीको व्यक्तिवादी कार्यशैलीले नेकपा एमालेको राजनीतिक आदर्श माथि नै धक्का पुग्न थालेपछि त्यो पार्टी छोडेर नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरिएको बताइन् ।

त्यस बखत नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एव कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापाले जनबिश्वास गुमाएको पार्टी र त्यो पार्टीका नेताहरुलाई छोडेर नयाँ पार्टी बनाइएको टिप्पणी गरे ।
पार्टीका केन्द्रीय सदस्य टेकबहादुर खाणले माक्र्सवाद र लेलिनको विचाराधारालाई नेपाली परिप्रेक्ष्यमा प्रयोग जनताको बहुदलीय जनवाद राजनीतिक सिद्धान्त अनुसार जनआकांक्षा अनुरुप काम गर्न नेकपा एकीकृत समाजवादी स्थापना भएको बिश्लेषण गरे ।

नगर कमिटीका अध्यक्ष लक्षीराम केसीको अध्यक्षतामा भएको चामुण्डाबिन्द्रासैनी नगर स्तरीय कार्यालयको उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु साबित्री मल्ल, पार्टी जिल्ला अध्यक्ष बरुनाथ योगी, युवा नेताहरु हेमन्त दशौदी, रमेश केसी लगायतको उपस्थिति थियो । 

प्रतिक्रिया