सेञ्चुरी बैंकले दियो विद्यालयलाई युरोगार्ड

सेञ्चुरी बैंकले दियो विद्यालयलाई युरोगार्ड

दैलेख : सेञ्चुरी कमर्सियल बैंक शाखा कार्यालय दैलेखले विद्यालयलाई युरोगार्ड प्रदान गरेको छ । बैंकले नारायण नगरपालिका–५ भैसेखोरस्थित महेन्द्र माध्यामिक विद्यालयलाई युरोगार्ड उपलब्ध गराएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शुद्ध पीउने पानीको व्यवस्थापनका लागि विद्यालयलाई युरोगार्ड प्रदान गरेको सेञ्चुरी कमर्सियल बैंक शाखा दैलेखका प्रबन्धक उमेश प्याकुरेलले बताए ।

बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रबन्धक प्याकुरेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती खड्का र प्रधानाध्यापक धनबहादुर खड्कालाई युरोगार्ड हस्तान्तरण गरेका छन् । विद्यालयले सामाजिक कार्यका लागि सेञ्चुरी कमर्सियल बैंक शाखा कार्यालय दैलेखलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया