सेवाग्राहीको चाप बढेपछि बिहान ८ बजेदेखि सेवा सुरु

          |   प्रकाशित मितिः शुक्रबार, असार ३, २०७९     ::: 87 पटक पढिएको   |  

सुर्खेत : सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा सुरु गरेको छ ।

राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको संख्या बढेपछि बिहानैदेखि सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।

यहाँ पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्र बनाउने बढेका हुन् ।

 



Leave a comment

Your email address will not be published.


*