जोखिममा परेका गरीब विपन्न बालबालिकालाई सोसेकद्धारा शैक्षिक सामाग्री वितरण

जोखिममा परेका गरीब विपन्न बालबालिकालाई सोसेकद्धारा शैक्षिक सामाग्री वितरण

सुर्खेत : दैलेखको भैरवी गाउँपालिका २ का १० जना गरीब तथा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

सामाजिक सेवा केन्द्र (सोसेक) द्धारा संचालित आधार परियोजना अन्र्तगत दैलेखको भैरवी गाउँपालिका २ मा जोखिममा परेका गरीब तथा विपन्न बालबालिकालाई शैक्षिक सामाग्रि वितरण गरिएको हो ।

आधार परियोजना अन्तरगत भैरबी गाउपालिका २ मा गठित श्री प्रगतिशिल बाल क्लवको बैठकमा अभिभावक र बालबालिकाहरूलाई राखेर बाल अधिकार र कर्तव्य र बालबालिकाका लागि अभिभावकले गर्नु पर्ने असल व्यवहार बाल संरक्षणका बारेमा छलफल समेत गरिएको थियो ।

छलफल पछि बालबालिकालाई पठनपाठनमा सुधार गर्न असल सिकाई शिक्षण र बालबालिकालाई नियमित विद्यालय जान उत्प्रेरित गर्न बसाई व्यवस्थापन शैक्षिक सामाग्री वितरण गरिएको बताइएको छ । यस्तै बसाइ व्यवस्थापन गर्न, समय तालिका बनाउन, असल बानीको विकास गर्न, निमार्ण सामाग्री वितरण समेत गरिएको थियो ।ग्री वितरण समेत गरिएको थियो ।

प्रतिक्रिया