राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सल्यानको छत्रेश्वरीलाई

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सल्यानको छत्रेश्वरीलाई

सुर्खेत : सल्यानमा भएको १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि सल्यानको छत्रेश्वरी गाउँपालिकाले जितेको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ मा रहेको भानुभक्त माद्यामिक विद्यालयको खेलमैदानमा असार १० गते देखी १२ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधि छत्रेश्वरी गाउँपालिकाले जितेको हो ।

भलिवल, कवड्डी, कराँते र एल्थेटिक्स अन्र्तगतका प्रतियोगिताहरुमा सबैभन्दा धेरै पदकहरु जितेर छत्रेश्वरी गाउँपालिकाका खेलाडीहरुले शिल्ड हात पारेको जिल्ला खेलकूद विकास समिती सल्यानका अध्यक्ष खड्ग आचार्यले जानकारी बताए ।

छत्रेश्वरी गाउँपालिकाले ३६ वटा पदक जितेको छ । प्रतियोगितामा जिल्लाभरका ७ वटा स्थानिय तहको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया