दैलेखमा सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

दैलेखमा सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

सुर्खेत : दैलेखको ठाटिकाँध गाउँपालिका–१ कि ३८ वर्षीया चौकला भण्डारीको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

स्थानीय स्वास्थ चौकीमा सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट आज सुक्रवार बिहान ११ बजे उद्धार गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी हुन नसकेकी भण्डारीको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।

सुत्केरी व्यथा लागेकी भण्डारीको जुम्ल्याहा बच्चा भएकोले स्थानिय स्वास्थ चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि उद्धार गरी सुर्खेत पठाइएको हो ।

प्रतिक्रिया