दैलेखमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

दैलेखमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

सुर्खेत :  दैलेखमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका–५ खापरथानमा सोमबार साँझ ट्रयाक्टरबाट खसेर मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय १७ वर्षीय केसेन्द्र नेपाली छन्। खापरथानबाट जम्बुकाँधतर्फ जाँदै गरेको भे २ त ११७३ नम्बरको ट्रयाक्टरबाट उनि खसेका हुन्।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा नवीन मेडिकल हलमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले नियन्त्रणमा लिएको प्रहरीको भनाई रहेको छ।

प्रतिक्रिया