इन्टरलकिंग इट्टा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम

इन्टरलकिंग इट्टा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम

सुर्खेत : नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय सुर्खेत । भेरीगंगामा सिएसईबी इन्टरलकिंग इट्टा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनता उद्योग प्रा।लि तथा भेरी आवास प्रा।लि सुर्खेतको आयोजना र बिल्डप नेपालको सहकार्यमा उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो ।‘

स्थानिय उत्पादनको प्रयोग गरौँ बेरोजगारीलाई न्युनीकरण गरौँ’ भन्ने उदेश्यसहित कार्यक्रमको आयोजना गरीएको जनता उद्योगकी सञ्चालिक पबित्रा कठायतले बताईन् । कार्यक्रमका प्रमुख अथिती एवं भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले स्थानिय बजारमा उत्पादन भएका सामानहरुलाई बजारिकरण गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आर्थिक बर्षको बजेटलाई नगरमै साईकिलिङ चक्र अनुसार व्यवस्थापन गर्न आवश्यक रहेको धारणा राखे ।

उपप्रमुख धनसरा बोहोरा उद्योग विकासका लागि उतरोत्तर प्रगतिको कामना व्यक्त गरिन् । त्यस्तै गुर्भाकोट नगरपालिका उप प्रमुख मैना विकले महिला उद्यमीहरुलाई प्रोत्साहन गदै नगरमा खोलिएका उद्योग विकासका लागि पालिकाले आउदो आर्थिक बर्ष बजेटमा समावेश गर्ने प्रतिवद्धता जाहेर गरिन् ।

भेरीगंगा नगरपालिका उद्योग तथा सहकारी शाखा प्रमुख चित्रा डाङ्गीले नगरभित्र रहेको लद्युउद्यमीहरुलाई थप विकासका लागि विभिन्न तालिम, गोष्ठी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी स्वरोजगारी अवसर प्रदान गर्न शाखाको प्रमुख भुमीका रहने बताईन् । कार्यक्रममा भेरीगंगा नगरपालिकाका नगर प्रमुख ढकालको प्रमुख आतिथ्यता र जनता उद्योग प्रा।लिकि सञ्चालिका कठायतको अध्यक्षता सम्पन्न भएको हो । उक्त कार्यक्रममको सञ्चालन भने गणेश बहादुर वलीले गरेका थिए ।

प्रतिक्रिया