प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार बिहान पूर्व गृहमन्त्री समेत रहेका लामिछाने प्रधानमन्त्री निवास पुगेका हुन् ।

सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्री पद गुमाएका लामिछाने पुनः सोही पदमा फर्कनका लागि दौडधुपमा रहेका छन् । पार्टीले आधिकारिकरुपमा नै गृहमन्त्री फेरि रास्वपाले पाउनुपर्ने दाबी पेस गरेको छ ।

यता, राहदानी दुरुपयोगको विषय अनुसन्धानमा नै रहेको बेला लामिछानेले तालुकदार मन्त्रालयमा फर्कन आशक्ति देखाएको भन्दै आलोचनासमेत भइरहेको छ ।

प्रतिक्रिया