तनहुँ-१ मा डा. स्वर्णिम वाग्ले विजयी

तनहुँ-१ मा डा. स्वर्णिम वाग्ले विजयी

तनहुँ – प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले ३४ हजार ९१८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँ विजयी हुनुभएको तनहुँ-१ उपनिर्वाचन मुख्य निर्वाचन अधिकृत तनहुँका जिल्ला अदालत न्यायधीश कोमलप्रसाद आचार्यले ज्वालासन्देशलाई बताउनुभयो ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भ २० हजार १२२ मत पाउनुभएको छ । त्यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८, राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाउनुभएको छ ।

यसअघि गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा तनहुँ१ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि उपनिर्वाचन भएको थियो । स्वर्णिम नेपाली कांग्रेस त्यागेर रास्वपाबाट निर्वाचन चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको थियो ।

 

प्रतिक्रिया