स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ति शिविर सम्पन्न

स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ति शिविर सम्पन्न

 

सुर्खेत –   दैलेखको गुराँस गाउँपालिका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको शारीरिक अपांङ्गता पहिचान तथा पुनःस्थापन घुम्ती शिबिर सम्पन्न भएको छ ।

ज्येष्ठ १० र ११ गते दुइ दिन चलेको शिविर बिहिबार सम्पन्न भएको हो । सोसेक नेपाल र सेभ द चिल्डे«नको सहयोग, गुराँस गाँउपालिकाको आयोजना र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र बनेपाको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । वार्ड नम्बर १ देखि ८ सम्मकै शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको शारीरिक अपांङ्गता पहिचान तथा पुनःस्थापन घुम्ती शिबिर मार्फत बालबालिकाहरुले सेवा लिएका थिए ।

जेष्ठ १० गते वडा नम्बर १ देखि ४ सम्म सेवाग्रहिहरुलाई आधारभुत स्वास्थ्य इकाइ केन्द्र धरमपोखरामा निशुल्क शिविर संचालन भएको थियो । शिविरमा ८० जनालाई पहिचान गरेर गुड्ने मेच बितरण गरिएको थियो ।

त्यस्तै , ३ जनालाई वाकर, अर्थोपेडिक सहायक सामग्री नाप जाँच ३ जनालाई जनालाई बितरण गरिएको थियो । त्यस्तै ४ जनालाई अर्थोपेडिक सहाय सामग्री बितरण गरिएको थियो । बैशाखी ५ जनालाई ,मानर शल्यक्रिया जनालाई र ५ जनालाई रिफर शल्यक्रियाका लागि बनेपा अपाङ्ग बाल अस्पतालमा भर्ना मिति दिएर शिविर सम्पन्न थियो ।

जेष्ठ ११ मा दैलेख जिल्ला गुराँस गाउँपालिकाकाको वडान ३ सेरि पातिकाल्लामा शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको शारीरिक अपांङ्गता पहिचान तथा पुनःस्थापन घुम्ती शिबिर सम्पन्न भएको थियो । स्वास्थ्य परिक्षण घुम्ती शिविरमा पहिचानका लागि शारीरिक अपांङ्गता भएका बालबालिकाहरुको गुराँस गाउँपालिकामा बिहिवार ९९ जनालाई पहिचान गरिएको थियो ।

गुड्ने मेच दुइ जनालाई बितरण ,वाकर १ जनालाई, अर्थोपेडिक सहाय सामग्री नाप जाँच ३ जनालाई, अर्थोपेडिक सहाय सामग्री ४ जनालाई बितरण गरिएको थियो । बैशाखी ४ जनालाई ,मानव शल्यक्रिया २ जनालाई र १० जनालाई रिफर शल्यक्रियाका लागि बनेपा अपाङ्ग बाल अस्पतालमा भर्ना मिति दिएर शिविर सम्पन्न भएको बताइएको छ ।

शिविरमा गुराँस गाउँपालिका उपाध्यक्ष सिवा कुमारी खड्का, प्रमु प्रशासकीय अधिकृत बम बहादुर केसी, महिला तथा बालबालिका शाखा लगायत अन्य जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया