कालिकोटका अग्निपीडितलाई सोसेकको सहयोग

कालिकोटका अग्निपीडितलाई सोसेकको सहयोग

हिक्मत नेपाली
कालिकोट माघ २३ ।

दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले कालिकोटका अग्निपीडित परिवारलाई राहत प्रदान गरेको छ । संस्थाका उपाध्यक्ष विर बहादुर नेपाली, बाल अधिकार अनुगमन अधिकृत प्रभा कुमार विक सहितको नेतृत्वमा कालिकोटको पलाता गाउँपालिका पुगेको टोलीले राहत सामग्री प्रदान गरेको हो ।
एइआएनको सहयोग, सोसेक दैलेखको आयोजना र पलाँता गाउँपालिकाको समन्वयमा पलाँताको थिर्पुमा आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष विर बहादुर नेपाली, बाल अधिकार अनुगमन अधिकृत प्रभा कुमार विक लगाएतले अग्निपीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।


संस्थाले अग्निपीडित ३२ घरधुरीका लागि १ सय ९१ केजी चिनी, १ सय ९१ केजी आयोडिन नुन, ५ सय १० केजी दाल वितरण गरिएको संस्थाका बाल अधिकार अनुगमन अधिकृत प्रभा कुमार विकले जानकारी दिनुभयो । यस्तै खाने तेल १ सय ६४ लिटर, १ सय ६४ प्याक पिठो, मसला, कोलगेट, ब्रस, साबुन, स्याम्पु लगायतका राहत सामग्री उपलब्ध गराएको छ । राहत प्रदान गर्न कालिकोटको पलाँता गाउँपालिकाको थिर्पु पुग्नुभएका संस्थाका उपाध्यक्ष विर बहादुर नेपालीले दैवी–विपद्का बेला सबैले सहयोग गर्नु नै मानविय धर्म रहेको प्रतिक्रिया दिनुभयो ।


कार्यक्रममा पलाँता गाउँपालिका वडा नं. का वडा सहायक बालऋिषी न्यौपाने, अग्निपीडित परिवार, स्थानीय जनप्रतिनिधिहरुको सहभागिता थियो । गत पुस ९ गते राती पलाताको खाडा बस्तीमा आगलागी भएको थियो । गाउँपालिकाले एकद्वार प्रणालीबाट राहत संकलन तथा वितरण गरिरहेको छ ।

प्रतिक्रिया