प्रजातन्त्र दिवसको अवसरमा नगर सरसफाई

प्रजातन्त्र दिवसको अवसरमा नगर सरसफाई

दैलेख फागुन ६
६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा दैलेख सदरमुकाममा सरसफाई गरिएको छ । दिवस मनाउन पूर्व तयारी स्वरुप आइतवार बसेको बैठकको निणर्य अनुसार आज जिल्ला सदरमुकाम स्थित नारायण नगर क्षेत्रमा सरसफाई गरिएको हो । बैठकले प्रजातन्त्र दिवस मनाउन सरकारी स्तरबाट जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापाको संयोजकत्वमा १ सय ५१ सदस्यीय मुल समारोह समिति गठन गरेको थियो ।


नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी हरिबहादुर खत्री लगाएतको उपस्थितिमा सरकारी अधिकारीहरु, नागरिक समाज संगठनका प्रमुख तथा प्रतिनिधिहरु समेत समावेश भएको मूल समितिले तीन दिन सम्म विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने निणर्य गरेको थियो । सोहि निणर्य अनुसार सोमवार नगर सरसफाई गरिएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्न बहादुर खड्काले बताउनुभयो ।


एक सय चार वर्षको जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको स्मरण गर्दै दैलेखमा नगर सरसफाई, प्रभातफेरीसँगै प्रवचन कार्यक्रम तथा दैलेख जिल्ला अस्पतालका विरामीलाई फलफूल बितरण कार्यक्रम तय गरिएको थियो । सोहि अनुसार भोली फागुन ७ गते विहान प्रभातफेरीसँगै प्रवचन कार्यक्रम र दैलेखका तीन वटै रेडियोबाट परिसम्वाद कार्यक्रम गरिने छ भने बुधवार जिल्ला अस्पतालका विरामीलाई फलफूल बितरण कार्यक्रम गरिँदै छ ।

प्रतिक्रिया