दैलेख कारागारमा बक्तृत्वकला

दैलेख कारागारमा बक्तृत्वकला

दैलेख वैशाख २२ ।
‘किताब पढ्नु भनेको मनोरञ्जन लिनु मात्र होइन, हरेक व्यक्तिको ज्ञानको दायरा पनि बढाउनु हो ।’ ‘किताब अभिभावक, पथप्रदर्शक र सल्लाहकार हो, मानव जीवनमा जीवन जत्तिकै महत्व किताबको छ, किताब ज्ञानको भण्डार मात्रै होइन, ज्ञानको श्रीवृद्धि गर्नुका साथै अक्षरको माध्ययमबाट विश्व यात्रा गराउँछ ।’ यी भनाई दैलेख कारागारमा आयोजित बक्तृत्वकलामा सहभागि कैदीबन्दीहरुको हो । कारागारभित्र आयोजित बक्तृत्वकलामा यहाँका कैदीबन्दीहरुले किताबको महत्वबारे चर्चा गरे । बक्तृत्वकला प्रतियोगितामा जिल्ला कारागार दैलेखका पाँच जना कैदीबन्दी सहभागि भएका थिए । बक्तृत्वकलामा मोहनराज तिरुवा प्रथम, मिन बहादुर नेपाली द्धितीय र कृष्ण नेपाली तृतीय भएका छन् । उनीहरुलाई पुरस्कारको व्यवस्था साहित्यकार जंगबहादुर बोगटीले गरेका थिए । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाह नेतृत्वको ‘कारागारलाई किताब’ अभियान अन्तर्गत उपसमिति दैलेख कारागार बुक क्लबले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो । कारागारका कैदी प्रमुख मान बहादुर नेपालीले कैद जीवन बिताईरहेकाहरुको व्यक्तित्व विकासमा सहयोग पु¥याउने उदेश्यले हरेक शनिबार विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँका अनुसार दैलेख कारागारको पुस्तकालयमा अहिले ९ सय थान कितावहरु रहेको छन् । यहाँका कैदी बन्दीहरु कारागार बसाइले पुस्तक पढ्ने मात्र होइन साहित्य लेखनको आधारसमेत बनाउदै गएको नेपालीले बताउनुभयो । सोहि अबसरमा कारागार सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक तेज बहादुर बुढाथोकीले किताब पढ्ने बानीले कैदीहरुको जीवन बदल्न सक्ने र उनीहरुलाई अझ सक्षम र सवल बनाउनमा मद्दत पुग्ने बताउनुभयो ।

प्रतिक्रिया