विद्यार्थी संगठनद्धारा दैलेखमा राँके जुलुस प्रर्दशन (फोटोफिचर)

विद्यार्थी संगठनद्धारा दैलेखमा राँके जुलुस प्रर्दशन (फोटोफिचर)

दैलेख : दैलेखका विद्यार्थी संगठनले शनिवार साँझ दैलेख सदरमुकाममा राँके जुलुस निकालेका छन् । संसद् विघटन, महंगी, भ्रष्टाचार तथा सरकारको जनविरोधी गतिवीधिविरुद्ध विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले राँके जुलुस निकालेका हुन् ।

राँके जुलुस निकाल्दै विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए । उनिहरुले राष्ट्रपतिले पदीय गरिमा कायम राख्नु पर्ने लगाएतका नाराबाजी गरेका हुन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, नेपाल–खनाल निकट अनेरास्ववियुले संयुक्त रुपमा राँके जुलुस सहित प्रर्दशन गरेका हुन् ।

प्रतिक्रिया