दैलेखका ७ वडाको मत परिणाम : तीनमा काँग्रेस, दुईमा एमाले, माओवादी र नेमकिपा एक/एक वडामा विजयी

दैलेखका ७ वडाको मत परिणाम : तीनमा काँग्रेस, दुईमा एमाले, माओवादी र नेमकिपा एक/एक वडामा विजयी

दैलेख : दैलेखमा शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक भईरहेको छ । शुक्रवार रातदेखि नै सुरु भएको मतगणनाको परिणाम सार्वजनिक भईरहेका छन् । अहिले साढे ३ बजेसम्मको प्रारम्भिक मत परिणाम अनुसार जिल्लाको ९० वटा वडा मध्ये ७ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।

जसमा तीन वटा वडामा नेपाली काँग्रेस, दुई वटा वडामा नेकपा एमाले र माओवादी केन्द्र तथा नेपमल मजदुर किसान पार्टी एक÷एक वडामा जीत हात पारेका छन् । नेपाली काँग्रेसले नौमूले गाउँपालिका वडा नम्बर १ र २, गुराँस गाउँपालिका वडा नं. १ मा जीत हात पारेको छ । नौमूले गाउँपालिका वडा नम्बर १ मा रुपेश थापामगर र २ मा दुर्गप्रसाद शर्मा वडाध्यक्ष निर्वाचित भएका हुन् । गुराँस गाउँपालिका वडा नं. १ मा धर्मबहादुर रावल वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै नेकपा एमालेबाट महाबु गाउँपालिका–१ मा सर्वराज सार्की र दुल्लु नगरपालिका–१ मा तर्कबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रले डुङ्गेश्वर गाउँपालिका–१ मा जीत हात पारेको छ । उक्त वडामा माओवादी केन्द्रबाट श्याम राना वडाध्यक्षमा विजयी भएका हुन् । यो वडामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच चुनावी गठबन्धन थियो । निवर्तमान वडाध्यक्ष एमालेका लोकबहादुर डांगीले गठबन्धनसँग प्रतिस्पर्धा गरेका थिए ।

यस्तै नेपाल मजदुर किसान पार्टीले चामुण्डाविन्द्रासैनी नगरपालिकामा जीत हात पारेको छ । उक्त वडामा नेपाल मजदुर किसान पार्टीका उदे कामी वडाध्यक्षमा निर्वाचित भएका हुन् । अहिले जिल्लाका ११ वटै स्थानीय तहमा मत गणना जारी छ ।

प्रतिक्रिया