नौमूले गाउँपालिका–३ मा एमाले विजयी

नौमूले गाउँपालिका–३ मा एमाले विजयी

 

दैलेख : दैलेखको नौमूले गाउँपालिका वडा नं. ३ मा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार नरबहादुर पुरी निर्वाचित भएका हुन् । एमालेबाट वडाध्यक्षमा निर्वाचित पुरीले ४१८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बलबहादुर खत्रीले ३३८ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार गगनबहादु रोकामगरले ३१८ मत प्राप्त गरेका छन् । रोकामगर निवर्तमान वडाध्यक्ष समेत हुन् ।

यस्तै सदस्यमा एमालेकै बलबहादुर रावत र नविन थापामगर निर्वाचित भएका छन् । महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी अमृता घर्ती निर्वाचित भएकी छन् । यस्तै दलित महिला सदस्यमा एमालेकै पम्फा सुनार निर्वाचित भएकी छन् ।

प्रतिक्रिया