नारायण नगर १ मा काँग्रेस विजयी

नारायण नगर १ मा काँग्रेस विजयी

दैलेख : निकै महत्वका साथ हेरिएको नारायण नगरपालिका–१ मा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार सन्देशकुमार श्रेष्ठको प्यानल नै विजयी भएको हो ।

वडाध्यक्षमा निर्वाचित श्रेष्ठले ३७८ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार रमेशकुमार केसीले ३५८ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेको मनोज थापाले ३ सय मत प्राप्त गरेका छन् । वडासदस्यहरुमा समेत नेपाली काँग्रेसकै उम्मेदवारहरु विजयी भएको नारायण नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया