गुराँस गाउँपालिका ३ मा एमालेको प्यानल नै विजयी

गुराँस गाउँपालिका ३ मा एमालेको प्यानल नै विजयी

दैलेख : दैलेखको गुराँस गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेका उम्मेदवारहरुको प्यानल नै विजयी भएको छ । नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेको काशीराम शर्मासँग नेपाली काँग्रेसका केशव बहादुर खत्री पराजित भएका हुन् ।

खत्री एमालेबाट वडाध्यक्षमा निर्वाचित शर्मासँग २८१ मतान्तरले पराजित भएका हुन् । एमालेबाट वडाध्यक्षमा निर्वाचित वडाध्यक्ष शर्माले ७६९ मत प्राप्त गरे । काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका खत्रीले ४८८ मत प्राप्त गरेका छन् । यो वडामा एमालेले अन्य चारै जना वडा सदस्य समेत जीत हात पारेको छ ।

संविधान जारी भएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचनमा यो वडामा काँग्रेसले जीतेको थियो । त्यसबेला सहजै जीत हात पारेको काँग्रेस अहिले उपविजेता बन्न पुगेको छ ।

प्रतिक्रिया