सेवा प्रवाह सहज सरल र झन्झट मुक्त बनाउन निर्देशन

सेवा प्रवाह सहज सरल र झन्झट मुक्त बनाउन निर्देशन

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुन्दरकुमार केसीले गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह सहज सरल र झन्झट मुक्त बनाउन निर्देशन दिएका छन् । नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण पछि गाउँपालिकाको विषयगत शाखाका प्रमुख र कर्मचारीहरुसँग भएको छलफलमा अध्यक्ष केसीले गाउँपालिकाको सेवा प्रवाहलाई छिटो, सहज, सरल, चुस्त दुरुस्त, झन्झट मुक्त र नागरीकप्रति उत्तरदायी बनाउन निर्देशन दिएका हुन् ।

गाउँपालिकाका अध्यक्ष केसीले आफुले जनताका आधारभुत समस्या समाधानका लागि प्राथमिकता दिएर काम गर्ने समेत बताएका छन् । ‘हामी जनताका सेवक हौँ, गाउँपालिकाबासी हरेक नागरिकको समस्यालाई समाधान गर्ने गरी काम गर्छौ,’ अध्यक्ष केसीले भने ।

त्यसअघि अध्यक्ष केसीले गाउँपालिकामा नवनिर्वाचित उपाध्यक्ष कलावती न्यौपाने, ६ वटै वडाका वडाध्यक्ष र वडासदस्यहरुलाई शपथ ग्रहण गराएका छन् । शपथ ग्रहणपछि गाउँपालिका उपाध्यक्ष कलावती न्यौपानेले समेत पदभार ग्रहण गरेकी छन् ।

यस्तै ६ वटै वडाका वडाध्यक्ष र वडा सदस्यहरुले समेत आ–आफ्नो वडामा पुगेर पदभार ग्रहण गरिसकेका छन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डि.सीले नवनिर्वाचित जनप्रतिनीधिहरुलाई बधाई ज्ञापन गरे ।

प्रतिक्रिया