प्रदेश योजना आयोगको उपाध्यक्षमा शाही नियुक्त

प्रदेश योजना आयोगको उपाध्यक्षमा शाही नियुक्त

दैलेख – कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा दैलखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ बुडेलीका ४७ वर्षीय योगेन्द्रबहादुर शाही नियुक्त हुनुभएको छ । उहाँ यसअघि प्रदेश योजना आयोगको सदस्यमा रही काम गर्नुभएको थियो ।

कर्णाली प्रदेश सरकारले उहाँलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

नेपाल मजदूर किसान पार्टीको भगिनी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गर्नुभएका २०५० देखि २०५३ सम्म सुर्खेत क्याम्पसको स्वतन्त्र विद्यार्धी यूनियनको सभापति रही काम गर्नुभएको थियो ।

२०५२ नेमकिपा एमालेमा समाहित भएपछि नेकपा एमालेमा सम्मिलित हुनुभएका शाही २०५५ देखि २०६१ सम्म एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय सचिवालय समिति, एमाले माध्यमबाट सन् २००७ देखि २०११ सम्म प्रजातान्त्रिक युवा संघको अन्तरराष्ट्रिय उपाध्यक्षको भूमिका हुनुहुन्थ्यो ।

उहाँले नेपाल सरकारको युवा नीति निर्माणमा महत्वपूर्ण योजना दिनुभएका शाही एमाले र माओवादी एकीकरणको बेला बनेको नेकपाको कर्णाली प्रदेश कमिटीका सदस्य, यही समयमा कर्णाली प्रदेश सरकारको योजना आयोगको सदस्य रही काम गर्नुभएको थियो ।
२०७७ पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्माले प्रतिनिधिसभा विघठन गरेको घटनापछि प्रचण्ड र माधव नेपाल पक्षधरता जनाएर प्रतिगमन विरुद्धको आन्दोलनमा सशक्त भूमिका देखाउनुभएको थियो ।

२०७८ मा एमालेबाट विभाजित हुन लागेको बेला नेकपा एकीकृत समाजवादीको पक्षमा देखिए पनि पछि दल दर्ता हुनै लाग्दा चाहिँ शाही मूल पार्टी एमालेमै रोकिनुभएको थियो ।

२०७९ मंसिरमा भएको संसदीय निर्वाचनमा एमालेबाट उम्मेदवार बन्न नपाएपछि उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा नेकपा माओवादी केन्द्रबाट दैलेख क्षेत्र २ को ‘ख’बाट चुनावमा प्रतिस्पर्धामा उत्रिनुभएको थियो ।

अन्तिम समयमा उम्मेदवार बन्न आएको भनी माओवादी केन्द्रका कार्यकर्ताले सुरुमा आक्रोस पोखेका थिए । सुुरुमा आक्रोस देखाए पनि चुनावी अभियानमा माओवादी केन्द्रका कार्यकर्ता, गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, एकीकृत समाजवादी समेत जोडबल गर्दा पनि प्रदेशसभा सदस्य चुनाव हार्नुभएको थियो ।

दैलेख दुई संघीय साँसद र चार प्रदेशसभा सदस्य पदका छ पदमा काँगे्रस, समाजवादी, माओवादी समेतको गठबन्धनले पाँच पदमा जिते पनि गठबन्धनका उम्मेदवार योगेन्द्रबहादुर शाही मात्र पराजित हुनुभएको थिया थियो । पूर्व साँसद बिनोदकुमार शाहसंग उहाँ पराजित हुनुभएको थियो ।

गएको संसदीय निर्वाचनमा उम्मेदवारी नपाएको झोकमा नेकपा माओवादी केन्द्रमा जानुभएको, सुविधाभोगी, आफन्त पक्षपोषण गर्ने गरेको भनी आलोचना खेप्नु परे पनि विकास योजनाको रणनीति निर्माणमा कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष शाहीको राम्रो दखल छ ।

प्रतिक्रिया