जनउत्थानद्धारा युवा लक्षित कार्यक्रम सम्पन्न

जनउत्थानद्धारा युवा लक्षित कार्यक्रम सम्पन्न

सुर्खेत – रुपन्देही जिल्लाको बुटवल केन्द्रिय कार्यलय रहेको जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्थाले युवा लक्षित कार्यक्रम सम्पन्न गरको छ । १९ जिल्लाका ३९ वटा शाखा कार्यलय मार्फत आफनो कारोबार गर्दै आएको जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्था लि.ले हरेक बर्ष विश्वव्यापि रुपमा मार्च २० देखि २६ सम्म मनाईने ग्लोबाल मनि सप्ताहको ११ सस्करण अन्तर्गत बिरेन्द्रनगरशाखाले युवा लक्षित वित्तिय साक्षरता तालिम सम्मपन्न गरेको हो ।

सिक ,बचत गर कमाउ भन्ने मुल नाराका साथ मनाईएको यस साप्ताहिक कार्यक्रम बिरेन्द्रनर १ ढोडेखालीमा रहेको त्रिपुरेश्वर माध्यामिक बिद्यालयमा अध्यायनरत कक्षा ११ र १२ का बिद्यार्थीहरुलाइ वित्तीय विषयमा तालिम दिई सम्पन्न गरेका हो ।

बिद्यालयका ६२ जनाको सहभागिता रहेको सो तलिमको सहजिकरण संस्थाका बिरेन्द्रनगर शाखाका शाखा प्रमुख बुद्धिसागर बिश्वकर्मा ले गरेका थिए । जनउत्थानले वित्तीय कामको अतिरिक्त सदस्य लक्षित तालिमहरु तथा अन्य सामाजिक कार्यमा पनि काम गर्दै आएको छ ।

प्रतिक्रिया