माथिल्लो डुंगेश्वरबजारमा बजार अनुगमन

माथिल्लो डुंगेश्वरबजारमा बजार अनुगमन

दैलेख – उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले बिहीवार डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका पसल तथा व्यवसायहरु अनुगमन गरेको छ ।

माथिल्लो डुंगेश्वरबजारका ३७ वटा खुद्रा, खाद्य, फैन्सी, होटल, रेष्टुरेण्ट लगायतका पसलहरुलको अनुगमन गरी दर्ता भए नभएको, दर्ता भएकाहरुको नवीकरणको अवस्था र कर चुक्ता गरे वा नगरेको विषयमा अनुगमन गरिएको जानकारी दिइएको छ ।

अनुगमनमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका कार्यालय प्रमुख कल्पना खत्री, डुंगेश्वर गाउँपालिका–६ का वडाध्यक्ष मानबहादुर थापा, जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत भूपेन्द्र थापा, नासु जीतबहादुर खत्री, उपभोक्ता हित संरक्षण मञ्चका सचिव पत्रकार अमर सुनार, डुंगेश्वर प्रहरी चौकीका इञ्चार्ज असई धनबीर महतारा समेतको सहभागिता थियो ।

दर्ता नभई चलेको व्यापार व्यवसाय दर्ता गराउन, दर्ता भएकाहरुलाई नियमित नवीकरण गर्न र राजस्व तिर्न बाँकीहरुले आन्तरिक राजस्व कार्यालयमा राजस्व तिरी कर चुक्ता लिन सुझाव दिइएको थियो ।

पससलहरुमा मूल्यसूची राख्न, म्याद नाघेका खाद्यबस्तु हटाउन, नापतौलको उपकरणहरु दुरुस्त राख्न, सरसफाई र चिजबस्तुको गुणस्तर विषयमा व्यापारीहरुलाई सचेत गराइएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका नासु रुद्र भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया