रुकुम पश्चिमका बलाराम विश्वकर्मा हिमालय लोक स्टारको फाइनलमा प्रवेश

रुकुम पश्चिमका बलाराम विश्वकर्मा हिमालय लोक स्टारको फाइनलमा प्रवेश

रुकुम पश्चिम- रुकुम पश्चिमका बलाराम विश्वकर्मा हिमालय लोक स्टारको फाइनलमा प्रवेश गर्नुभएको छ । बुधबार पुरा भएको सेमिफाइनल समिकरणबाट विश्वकर्मा उत्कृष्ट ८ अर्थात सेमिफाइनलबाट उत्कृष्ट ६ अर्थात फाइनल प्रवेश गर्नुभएको हो । पर्फमर अफ द डे हुँदै र उत्कृष्ट भोट प्राप्त गर्दै विश्वकर्मा फाइनल पुग्नुभएको हो । सबै प्रतिस्पर्धी मध्ये उत्कृष्ट प्रस्तुति राख्नेलाई पर्फमर अफ द डे को उपाधी दिने गरिन्छ । उक्त प्रस्तुतिका आधारमा दर्शकले गरेको भोटले नै प्रतिस्पर्धीहरुको आगामी यात्रा तय गर्ने गर्दछ ।

अव लोक स्टार बन्नका लागि एक खुडकिलो मात्र बाँकी रहेको बताउँदै विश्वकर्माले सकेको भोट गरेर सहयोग गर्न सबै दर्शकहरुलाई आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्चाल फेसबुक मार्फत दर्शककै मायाका कारण फाइनलसम्मको यात्रा तय गर्न सफल भएको र अव पनि दर्शकको अधिक मायाले आफु लोक स्टार बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ– प्रिय सम्पुर्ण शुभ चिन्तक तथा शुभेच्छुक ज्यु हजुरहरुले दिनु भएको अपरिहार्य माया साथ सपोर्ट र आशिर्वादको कारण उत्कृष्ट गायिकिको आधारमा ९प्रफोमेन्स अफ द डे० प्राप्त गरे संगै हजुरहरुले दिनु भएको भोटरुपी मायाको आधारमा उत्कृष्ट भोट प्राप्त गरि आज म फाईनल अर्थात (top 6) मा प्रवेश गरेकोछु हजुरहरुले दिनु भएको म प्रतिको बिश्वासलाई कैले पनि गुमाउने छैन यहि बिश्वास नै साङ्गितिक यात्रा र संघर्षको बलियो आधार बन्ने छ अबको राउन्डमा मैले भोट अपिलको लागि ४ ओटा गित गाउने छु र बाँकी लोक स्टार बनाउने जिम्मा हजुरहरुको हातमा छ धन्यवाद ।

उहाँलाई भोट गर्नका लागि आइएमई पे (IME Pay) मोबाइल एप डाउनलोड गर्नुपर्छ । त्यसमा गएर भोट गर्न सकिने छ । उहाँको भोटिङ कोड ०१ रहेको छ ।

प्रतिक्रिया