विपद् व्यवस्थापन पूर्वतयारी राम्रो हुन सकेकाे छैन : हमाल

विपद् व्यवस्थापन पूर्वतयारी राम्रो हुन सकेकाे छैन : हमाल

दैलेख – प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले स्थानीय तहहरुले विपद् व्यवस्थापन पूर्वतयारी राम्रो गर्न नसकेको बताउनुभएको छ । यूएसएड र मर्सीकोरको सहयोगमा सेवक नेपाल संस्थाले सञ्चालन गरेको भकारी परियोजनाका सिकाई आदानप्रदान कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

स्थानीय तहहरुले पूर्वतयारी राम्रो गर्न नसकेको कारण बाढी–पहिरो, भूक्षय, भूकम्प लगायतका विपदको बेला पीडितहरुको उद्धार तथा राहत सहयोग र जोखिम न्यूनीकरण प्रभावकारी हुन नसकेको बताउनुभयो ।

परियोजनाको तीन वर्ष अवधिमा विपदको बेला खानेपानी, खाद्यन्न पहुँचको सवालसंगै लैंगिक समानता र समावेशीकरण, समुदाय उत्थानशील गराउन स्थानीय सरकारलाई जिम्मेवार बनाउने काम गरेको भकारी परियोजनाका विपद पुनस्र्थापन अधिकृत निरज श्रेष्ठले जानकारी दिनुभयो ।

भकारी परियोजना दैलेखको चामुण्डाबिन्द्रासैनी, आठबीस, दुल्लू नगरपालिका, भैरबी र ठाँटीकाँध गाउँपालिकालाई कार्यक्षेत्र बनाई विपद जोखिम न्यूनीकारणको लागि समुदाय र स्थानीय सरकारलाई सैद्धान्तिक र व्यवहार सीप विकासमा काम गरेको थियो ।

त्यसबखत नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाले विपद व्यवस्थापन वा यस्तै अरु क्षेत्रमा संघसंस्थाले काम गरुञ्जेल प्रगति देखिए पनि परियोजना सकिएसंगै सबै गतिविधिहरु निष्क्रिय रहने गरेका औंल्याउनुभयो ।

प्रतिक्रिया