पहिरोको जोखिममा सल्यानको जय नेपाल निमावि

पहिरोको जोखिममा सल्यानको जय नेपाल निमावि

सल्यान –  सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ गर्चेमा रहेको जय नेपाल निम्न माध्यमिक विद्यालयको भवन पहिरोको जोखिममा परेको छ । वर्षाका कारण विद्यालयको प्रांगनममा लगाएको वाल भत्किएपछि दुई कोठे भवन जोखिममा परेको हो ।

१० मिटर लामो वाल पहिरोले भत्काएपछि कक्षा २ र ३ मा पढ्दै आइरहेको भवन जोखिममा परेको विद्यालयका प्रधानाध्यापक डिल्ली रानाले बताउनुभयो । वर्षे बिदा भएकाले विद्यालय बन्द भएपनि विद्यालय सञ्चालन भएपछि कक्षा २ र ३ का विद्यार्थीहरूलाई कहाँ राखेर पढाउने समस्या आउने उहाँको भनाई छ ।

विद्यालयमा पर्याप्त कक्षा कोठा नहुँदा कक्षा सञ्चालन भएपछि अन्य कक्षामा राखेर पढाउनुको विकल्प नरहेको रानाले बताउनु भयो । उहाँले भन्नु भयो साना सानीबाबुहरुलाई जोखिमयुक्त भवनमा राखेर पढाउन मिलेन, कतिखेर भवन भत्किन्छ भन्ने छ । त्यसमा राख्दा मानवीय क्षति होला भन्ने डर नराखौँ कक्षा कोठाको अभाव छ ।

विद्यालयको वाल भत्किदा स्थानीय मीन बहादुर बुढाको समेत घर जोखिममा परेको छ ।

प्रतिक्रिया