गाँजा चरेस कसुरमा फरार प्रतिवादी पक्राउ

गाँजा चरेस कसुरमा फरार प्रतिवादी पक्राउ

सुर्खेत :  जुम्लाबाट प्रहरीले गाँजा चरेस कसुरमा फरार प्रतिवादी पक्राउ गरेको छ। बुधबार बिहान साढे १० बजेको समयम जुम्लाको चन्दनाथ नगरपालिका–८ रोकायावाडाबाट पक्राउ गरेको हो ।

प्रकाउ पर्नेमा सोही पालिकाका ३८ वर्षीया धनबहादुर रोकाया रहेका छन् । रोकायालाई गाँजा चरेस कसुरमा बाँके जिल्ला अदालतको २०७२ भदै ६ गतेको आदेश फैसलाले १० महिना ६ दिन कैद सजाय तोकेको छ ।

रोकायालाई ४ जनाको प्रहरी टोलिले उनको घरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको छ । साथै रोकायालाई जुम्ला जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया